झापा । झापाको कनकाई नगरपालिकामा बाबुले चलाएको ट्याक्टरले किचेर छोरीको मृत्यु भएको छ । कनकाई ७ दुर्गापुरमा बालकृष्ण दुलालले चलाएको ट्याक्टरले किचेर आफ्नै २ बर्षिय छोरी आरुची दुलालको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ । दुलालको मे १ त ७५४९ नम्बरको टयाक्टर पछाडि सार्ने क्रममा ट्याक्टर पछाडि खेलीरहेकी आफ्नै छोरीलाई किचेका थिए । Read More…
Month: January 2022
नेपालले आज अफ्रिकी राष्ट्र मरिसससँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा आज शनिबार अफ्रिकी राष्ट्र मरिसससँग प्रतिस्पर्धा गर्दैछ । नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मरिससको सामना गर्नेछ । नेपाल र मरिससबीचको खेल ४:४५ बजे सुरु हुनेछ । नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो । नेपालले मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण भने मंगलबार खेल्नेछ । नेपाली राष्ट्रिय Read More…
मुल्यबृद्धि बिरुद्ध अनेरास्ववियुको विरोध प्रर्दशन
मेचीनगर। पेटोलियम पदार्थको मुल्यबृद्धि बिरुद्ध एमालेको भातृ संगठन अनेरास्ववियुले विरोध प्रर्दशन गरेको छ । मुल्यबृद्धि फिर्ता लिन माग गदै अनेरास्ववियु मेचीनगरले सरकारको विरोध प्रर्दशन गरेको हो । मुलुककै पुर्वीनगरमा कोरोना कहरबिच आयोजना भएको विरोध कार्यक्रम काँकरभिट्टाको बजार परिक्रमा पश्चात कोणसभामा परिणत भएको थियो । विरोधमा सहभागीले मुल्यबृद्धि फिर्ता गर, परमादेशी सरकार मुर्दाबाद, २४ लाख डोज Read More…
काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ । काँग्रेस केन्द्रीय कार्यलयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक बिज्ञप्ति जारी गर्दै शुक्रबार केन्द्रीय कार्यसमिति बैठक बस्ने जानकारी दिए । उनले बिहीबार दिउँसो ३ बजे भर्चुअल माध्यमबाट बस्न लागेको जानकारी दिएका थिए । कार्यसमिति बैठकमा केन्द्रीय कार्यसम्पादन समितिको गठनको कार्यसूची रहेको बताइएको छ । त्यस्तैगरी बैठकमा केन्द्रीय कार्यसमितिका Read More…
अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही
काठमाडौं । गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ । मन्त्रालयले आज एक सूचना जारी गरी सम्बन्धित व्यक्तिको अनुमतिबिना तस्बिर खिचेर र ‘भिडियो’ बनाएर निजलाई जानकारी नै नदिई सहमति÷अनुमतिबिना सामाजिक सञ्जालमा प्रकाशन गर्ने जोसुकैलाई प्रचलित कानूनबमोजिम कारबाही हुने जनाएको छ । Read More…
झापाकाे बिर्तामोडमा ५ वर्षीया बालिका बालत्कृत
झापा । झापाको बिर्तामोडमा ५ वर्षीया बालिका बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा बिर्तामोडकै चैतुवारीस्थित प्रदीप इँटा भट्टामा काम गर्ने एक पुरुष पक्राउ परेका छन् । झापा प्रहरीका अनुसारपक्राउ पर्नेमा सर्लाही बरथवा नगरपालिका २ हजरीया घर भएका ३८ वर्षका गंगा मगर रहेका छन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेपछि मगरलाई पक्राउ गरिएको प्रहरीको Read More…
पूर्वीनाकामा फहरायो राष्ट्रिय झण्डा
झापा । पूर्वीनाका काँकरभिट्टा अन्तर्गत मेची पुलमा आज नेपाली राष्ट्रिय झण्डा राखिएको छ । स्थानीय सामाजीक युवाहरुको पहलमा यसअघि पुरानो भएको झण्डालाई हटाउँदै आज नयाँ झण्डा राखिएको हो । मेची पुलमा यसअघि पनि झण्डा राखिएको थियो । तर उक्त झण्डा पुरानो भइरहँदा कसैले पनि यसप्रति खासै चासो देखाएका थिएनन् । पूर्वीनाका नेपाल प्रवेश गर्ने मुख्य Read More…
इलाममा सवारी दुर्घटना हुँदा झापा मेचीनगरका दुईको मृत्यु
नरेन इलामेलीइलाम । इलाममा सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बिहिबार बिहान मेची राजमार्ग अन्तर्गत रोङ गाउँपालिका ४ पहिरो स्थित झापा बाट इलाम तर्फ आउँदै गरेको प्रदेश १-०१-००१ च ७९१६ नं. को खालि पिकअप आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५०० मिटर तल झरि दुर्घट्ना हुँदा उक्त पिकअपमा सवार चालक सहित ३ जना Read More…
पूर्वकप्तान हरि खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौं । राष्ट्रिय फुटबल टाेलीका पूर्वकप्तान हरि खड्काले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नेपाल प्रहरीमा जागिर खाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार खड्काले पेस गरेको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अनुसन्धानमा खुलेको छ । आयोगका अनुसार खड्का महानगरीय प्रहरी गण नं Read More…
देउवाका पुराना साथी पहिलो पटक सांसद बने
दाङ । प्रधानमन्त्री शेरबहादुर देउवाका विद्यार्थीकालका राजनीति समकक्षी पहिलो पटक सांसद बनेका छन्। देउवाका समकक्षी बाँकेका युवराज शर्मा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएपछि पहिलो पटक सांसद बनेका हुन्। नेपाल विद्यार्थी संघमा देउवा केन्द्रीय अध्यक्ष हुँदा शर्मा केन्द्रीय उपाध्यक्ष थिए। राजनीति सहयात्री देउवा ५ पटकसम्म देशका प्रधानमन्त्री भइसक्दा पनि शर्मा भने पहिलो पटक सांसद बनेका छन्। Read More…










