संघ \संस्था

मेचीनगर लेडीद्धारा रोशा फुयाँललाई सम्मान

बाहुण्डाँगी । मेचीनगर लेडी जेसीजले सारेगम लिटल च्याम्सकी फस्ट रनरअप झापा मेचीनगर ८ कि रोशा फुयाँललाई आज एक कार्यक्रमका विच सम्मान गरेको छ ।
हालै सम्पन्न प्रतियोगितामा दोस्रो बन्न सफल फुँयाललाई गायन क्षेत्रमा पाएको सफलतासँगै आगामी दिनमा अझ हौषला दिनका लागि शाखाले सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा बोल्दै रोशा फुयाँलले प्रतियोगिताको दौरानमा साथ, समर्थन र सहयोग गर्दै हौषला दिने मेचीनगर लेडी जेसीज परिवार तथा आम मेचीनगरबासीप्रति आभार व्यक्त गरिन । उनले यो यात्राले अझ हौषला मिलेको बताउँदै आउँदा दिनमा संगित क्षेत्रमा अघि बढ्ने समेत बताइन् ।
कार्यक्रममा सम्मानित व्यक्ति फुयाँललाई कार्यक्रमका प्रमुख अतिथि मेचीनगर ८ का अध्यक्ष बिकेन्द्र धिमालले सम्मान गरेका थिए ।


शाखाकी अध्यक्ष सिता पुरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा शाखाकी संस्थापक अध्यक्ष कविता शर्मा, रोशाकी आमा कला फुयाँल, धुलावारी जेसीजका अध्यक्ष रबिन्द्र पाठकलगायतले बोलेका थिए । कार्यक्रममा पूर्व अध्यक्ष पूर्व अध्यक्ष टिका सुवेदी, शोभा श्रेष्ठ वडा सदस्य सन्तेष मेचे, गंगा पाठकको समेत सहभागिता रहेको थियो ।