मेचीनगर । मेचीनगरमा वारुणयन्त्र (दमकल) को विषय जोडेर विपद्मा पनि राजनीति गर्न खाजेको भन्दै मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले त्यस्तो कार्य नगर्न आग्रह गरेका छन् । नगरपालिकाको बारुणयन्त्र समयमै नपुग्ने गरेको, सधैभरि बिग्रिएर थन्किएको वा बारुणयन्त्र मर्मत तथा सम्भारका लागि खर्च अभाव भएको भन्ने हल्ला फैलिएपछि सोमबार नगरपालिकाले आयोजना गरेको सर्वपक्षीय छलफलमा नगरप्रमुख आचार्यले सो कुरा बताएका हुन् ।
पछिल्लो समय नगरका विभिन्न वडामा आगलागीका घटना भईरहेका छन् । नागरिकका घर तथा व्यवसायीका उद्योग कलकारखाना जलेर खरानी भईरहदा पनि स्थानीय सरकार संवेदनशिल नबनेको जनगाुनासो बढीरहेको बेला विपद्मा मेचीनगरले अभिभावकको भूमिका निर्वाह सदैव गर्ने भन्दै नगर प्रमुख आचार्यले अनर्गल प्रचारमा नलाग्न र नगर्न आग्रह गरेका छन् ।
तयस्तै अहिले बजारमा वारुणयन्त्रका विषयमा भएको प्रचारमा सत्यता नभएको मेचीनगर उपप्रमुख मीना उप्रेती पोखरेलले बताईन् । ‘बजारमा वारुणयन्त्र विग्रीएर थन्किएर बसेको भन्ने प्रचार भएछ ’ नगर उपप्रमुख पोखरेलले भनिन् —‘वारुणयन्त्र इलामबाट आउँदा दुघर्टना भएको थियो हामीले बनाईसकेका छौ ।’ अहिले मेचीनगरको वारुणयन्त्र तयारी अवस्थामा रहेको छ उनले भनिन्।

मेचीनगरमा दुई हप्ताको अवधिमा मात्रै मेचीनगरमा दुई वटा घर र दुई वटा ठुला उद्योगमा आगलागी भएको छ । पछिल्लो १० दिनको अन्तरमा मेचीनगर ६ को एसएस फुटवेयर र मेचीनगर १४ को मगमग चाउचाउ उद्योगमा भिषण आगलागी भयो जसका कारण करोडौं मुल्य बराबरको धनराशी खरानीमा परिणत भएको थियो ।
एसएस फुटवेयरमा आगलागी हुँदा मेचीनगरको वारुणयन्त्र बिग्रिएर थन्किएको अवस्थामा थियो । उक्त आगो निभाउनका लागि झापा, मोरङ, इलाम र सुनसरी जिल्लाका दर्जनबढी तथा भारतबाट समेत ३ वटा वारुणयन्त्र मगाईएको थियो । त्यस्तै शनिबार मगमग चाउचाउ उद्योगमा लागेको
आगो निभाउन पनि मेचीनगरको एक सहित झापा, मोरङ, इलाम र सुनसरी जिल्लाका दर्जनबढी
वारुणयन्त्र प्रयोग भएका थिए ।

मेचीनगरमा सम्पन्न छलफलमा नेकपा एमाले झापा जिल्ला कमिटि सदस्यहरु डिल्लीराम घिमिरे, देवकुमार राई, नेपाली काँग्रेसका नगर सचिव मुकेश लिम्बु, १ नम्बर क्षेत्रीय सचिव सुरेन्द्र बुडाथोकी, नेकपा माओवादी केन्द्रका मेचीनगर सचिव ज्ञानेन्द्रकुमार घिमिरे, नेकपा समाजवादीका मेचीनगर अध्यक्ष अर्जुन पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगर अध्यक्ष सविना बजगाई, मेची उद्योग बणिज्य संघ मेचीनगरका अध्यक्ष ऋषिराज तिम्सिना, काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष राजकुमार पराजुली, धुलावारी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष अजय घिमिरे, चारआली खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष मधु निरौला, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक सुनिल दाहाललगायतले आ आफ्नो विचार राखेका थिए ।


