राजनीति

एमसीसीको विरोधमा भोली नेपाल बन्द

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा भोली नेपाल बन्द हुने भएको छ ।

विभिन्न ६ दलीय मोर्चाले एमसीसीको विरोधमा बुधबार (भोलि) नेपाल बन्द गर्ने घोषणा गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त गणतान्त्रिक मोर्चा, नेपाल, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी केन्द्र समाजवादीले बन्द आह्वान गरेका हुन् ।