बाहुण्डाँगी । अर्जुनधारा जेसीजको आयोजनामा एक दिने बिमा अभिमुखीकरण तालिम सम्पन्न भएको छ । अर्जुनधारा जेसीजको सचिवालयमा सम्पन्न कार्यक्रममा शाखाका पदाधिकारी तथा विद्यार्थीहरु गरि ३५ जनाको सहभागिता रहेको थियो । सहभागिलाई प्रशिक्षक नेपाल लाइफ इन्स्योरेन्स क.ली का एक नम्बर प्रदेश प्रमुख टिका दत्त प्याकुरेल र नेपाल लाइफका सर्बाधिक बिमा कर्ता तथा शाखाका अध्यक्ष भिम बहादुर कुंवर प्रशिश्रण गराउनु भएको थियो ।

शाखाका अध्यक्ष भिमबहादुर कुवँरको सभापतित्व तथा पेशागत बिमा अभिकर्ता संध नेपालका केन्दिय सदश्य सिपी कंडरियाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रम महासचिव बरुण राजवंशीले सञ्चालन गर्नु भएको थियो ।

