बाहुण्डाँगी । महाशिवरात्रीको पूर्व सन्ध्यामा सुर्खेत लेडी जेसीजले बीरेन्द्रनगरमा रहेको शिव मन्दिर सरसफाइ तथा सजावट गरेको छ । शाखाका पदाधिकारी तथा पूर्व अध्यक्षसहितको टोलीले मन्दि र सफाइसहित विभिन्न सामाग्रीहरु लगाएर सजाउने काम गरेको थियो ।

शाखाकी अध्यक्ष मनिषा कौषलको नेतृत्वमा रहेको सरसफाइ अभियानमा मन्दिर समितिका अध्यक्ष सागर भुषाल, शाखाकी पूर्व अध्यक्षहरु ज्योति पौडेल, सुष्मा गिरी, सिया प्रधान कार्की,, प्रमि शाक्य, निवर्तमान अध्यक्ष लक्ष्मि गुरुङ,लगायतको सहभागितामा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो । शिवरात्री मंगलबार मनाइदैछ । सरसफाइ अभियानको संयोजक कार्यकारीणी उपाध्यक्ष सिता भण्डारी रहनु भएको थियो ।


