मनोरञ्जन

केसाङ्ग लामाको एकल नाटक ‘विस्थापन’ बिशेष शो आज काँकरभिट्टामा प्रदर्शन हुँदै

काँकरभिट्टा । कलाकार तथा निर्देशक केसाङ्ग लामाको नाटक विस्थापनको बिशेष शो आज आज प्रदर्शन हुँदैछ । बैशाख ९ र १० गते झापाको काँकरभिट्टास्थीत खानेपानी संस्थाको सभाहलमा नाटक विस्थापन प्रदर्शन गरिने कार्य तालिका अनुसार आज अपरान्ह ३ बजे बिषेश प्रदर्शनी गर्न लागिएको नाटकका कलाकार तथा निर्देशक केसाङ्ग लामाले जानकारी दिए ।

अविराम नाट्य मञ्चको प्रस्तुती रहेको नाटक विस्थापन एक घण्टा १० मिनेटको हुनेछ । लामाको एकल प्रस्तुती रहने नाकटले नेपालमा भएको राजनितिक परिवर्तन पछि आम जनतामा परिवर्तन आउन नसकेको अवस्थालाई प्रस्तुत गर्ने नाटक प्रदर्शनीका व्यवस्थापक शंकर भट्टराईले बताए ।

मेचीनगर ६ नकलबन्दाका स्थानीय समेत रहेका लामाको यो नाटक २८ औं प्रस्तुती रहेको छ । नाटकको टिकट शुल्कबाट उठेको रकमलाई खर्च कटाएर मेचीनगरमा कला प्रतिष्ठान निर्माणको शुरुवात गर्न खर्च गरिने आयेजकले जनाएको छ ।