मेचीनगर । मेचीनगर नगरपालिका परिषरमा मतगणना अहिले भर्खरै शुरु भएको छ । यसअघि दिउँसोको १२: १५ बाट गणना शुरु हुने भनिएपनी प्रतिनिधीलाइ बस्ने ठाउको अभाव भएको भन्दै अलमल हुँदा ढिलो गरि मात्रै मतगणना शुरु भएको हो ।
यसअघि बसेको सर्वदलिय वैठकको निर्णय अनुसार नै गणना शुरु गरिएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । प्राप्त जानकारी अनुसार सबैभन्दा पहिला १ नम्बर वडाको मतगणना हुनेछ ।
मतगणना शुरु भइरहदा नगर परिषर भित्र सुरक्षा व्यवस्था एकदमै कडा बनाइएको छ भने सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहेको छ ।

