समाचार

मेचीनगर: अबको केहीबेरपछि मतगणना सुरु हुने

मेचीनगर । झापाको मेचीनगरमा अबको केहीबेरपछि मतगणना सुरु हुने भएको छ ।

विहान ८ बजे सर्वदलिय बैठक गरेर मतगणना सुरु गर्ने तयारी गरेको मेचीनगरका निर्वाचन अधिकृत वेदराज फुयलले जानकारी दिए ।

स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत मेचीनगरमा हिजो सम्पन्न मतदानमा मेचीनगरमा ७०.२२ प्रतिशत मत खसेको थियो । नगरका ९० हजार २०२ मतदाता मध्ये ६३ हजार ३३९ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले जनाएको छ ।

मेचीनगरका १५ वटा वडाका १८९ मतपेटिकामा मतपत्र राखिएको छ । सबै मतपेटिका निर्वाचन अधिकृतको कार्यालय मेचीनगरमा कडा सुरक्षा घेरामा राखिएको उनले बताए ।