बाहुण्डाँगी । काठमाडौँ जेसीज२०२२ को जेसीज सप्ताह अन्तर्गत ५ औ दिन ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । जेठ २० गते लागु औषध दुव्र्यसनी विरुद्धको सचेतना कार्यक्रमको आयोजना सहित उद्घाटन भएको यस वर्षको सप्ताह अन्तर्गत बुधवार ५ दिन पुरा भएको छ । जसमा २१ गते रक्तदान, २२ गते विश्व वातावरण दिवसको अवसर पारेर वृक्षारोपण, २४ गते वृद्धाश्रमलाई सहयोगका कार्यक्रमहरु सम्पन्न गरिसकेको छ ।

बुधवार साउथ वेस्टन स्टेट कलेज सामाखुसीमा भएको कार्यक्रममा विद्यार्थीहरुलाई ट्राफिक सम्बन्धि विभिन्न सचेतनामुलक कार्यक्रम गरिएको थियो । सहभागिलाई ट्राफिक प्रहरीका प्रहरी निरिक्षक दामोदर भट्टले प्रशिश्रण गराउनु भएको थियो ।

शाखाका अध्यक्ष अनुप सुनुवारको सभापतित्व तथा काठमाडौ जेसीज २००५ का अध्यक्ष सिनेटर इन्द्र रत्न ब्रजचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम शाखाका पदाधिकारी तथा कलेजका प्राफेसरसहितको सहभागिता रहेको थियो ।

सप्ताह अन्तर्गत शनिवार सरसफाइ कार्यक्रम र असार ४ गते महिला हिंसा विरुद्धको विषेश कार्यक्रम सहित समापन हुने शाखा अध्यक्ष अनुप सुनुवारले बताउनु भयो ।





