बाहुण्डाागी । काठमाडौँ लेडी जेसीजको आयोजनामा एक दिने मोटिभेसन तालिको आयोजना गरेको छ ।
लागु पदार्थ दुव्र्यसनीमा फसेका युवाहरुका लागि जिन्दगीलाई कसरी खुसी राख्न सकिन्छ भन्ने विषयमा उक्त तालिमको आयोजना गरिएको हो । सक्षम नेपाल सुधार केन्द्र बालाजुमा रहेका ७३ जना सहभागि युवाहरुका लागि उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

तालिममा आफ्नो जिन्दगीको महत्व तथा खुसीका साथ जिन्दगी कसरी बाच्न सकिन्छ भन्ने विषयमा युवाहरुलाई उत्प्रेरित गराइएको थियो । द आर्ट अफ लिभिङका सिनयिर ट्रेनर तथा मोटिभेसनल स्पीकर कन्चन घिमिरेले सहभागिलाई प्रशिश्रण गराउनु भएको थियो ।

शाखाकी २०२२ की अध्यक्ष सोनी श्रेष्ठको सभापतित्व तथा प्रशिश्रक घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सक्षम नेपाल सुधार केन्द्रका सञ्चालक तेज शमशेर, सुर्खेत लेडी जेसीजकी अध्यक्ष कृति गुभाजु शाक्यलगायतले काठमाडौ लेडीले स्थापनादेखि नै सामाजिक क्षेत्रमा अतुलनीय योगदान दिँदै आएको बताउनु भएको थियो । मिली श्रेष्ठ संयोजक रहेको कार्यक्रमको सञ्चालन महासचिव कमला गुरुङले गर्नु भएको थियो ।





