विविध

छोराको जन्मदिनमा घोडाजिन युवा क्लबलाई जर्सी वितरण

मेचीनगर । मेचीनगरका युवा समाजसेवी सन्तोष खवासले आफ्नो छोराको जन्मोत्सवको अवसरमा गरिब दुःखी तथा विभिन्न क्षेत्रमा सहयोग गर्दै आईरहेका छन् ।

मेचीनगर ८ निवासी खवासले छोरा स्वाभिमान खवासको ५औं जन्मदिनको अवसरमा आज घोडाजिन युवा क्लब मेचीनगर ८ का खेलाडीहरुलाइ जर्सी वितरण गरेका हुन् ।

समाजसेवी खवास, आमा श्रृर्जना खवास, जनप्रतिनिधी कुन्दन निरौला, बिण्णु भट्टराई तथा एमाले नेता दशरथ खडिया, मजदुर नेता तिलक दर्जी, एमाले वडा सचिव मिलन बिश्वकर्मा, अनेमा संघ मेचिनगर उप सचिव बिनिता उराउ, नवीन खतिवडालगायतको उपस्थितिमा घोडाजिन युवा क्लबका सदस्यलाई खेलकुद क्षेत्रमा सहज होस् भनेर जर्सी वितरण गरेका हुन् ।

पछिल्लो समय मानिसहरू जन्मदिन लगायतका अवसरमा ठुल ठुला होटलमा पार्टी गरेर मनाउने प्रचलन बढीरहेको छ । तर विगत बर्षहरूदेखि नै खवासले फजुल खर्च नगरी मानव सेवामा सरिक हुने गरेका छन् ।

अघिल्लो बर्षहरुमा खवासले आफ्नो छोराको जन्मदिन मेचीनगर ७ मा रहेको अनाथ आश्रमका बालबालिकालाई खाद्यान्न सहयोग गरेका थिए । साथै उनले मेचीनगर ३ का अति बिपन्न एकल आमाहरु इन्ति मेचे र कृष्णमाया मेचेलाइ एक महिना पुग्ने आवश्यक खाद्यान्न सामाग्री प्रदान गरेर छोराको जन्मदिन मनाएका थिए ।