बाहुण्डाँगी । इमाडोल जेसीज बर्ष २०२२ को आयोजनामा हिंशा रहित समाज निर्माणमा हाम्रो दायित्व बिषयक अन्तक्रृया कार्यक्रम समपन्न भएको छ । जेसीज सप्ताह अन्तर्गत तेस्रो कार्यक्रमका आयोजित उक्त अन्तरक्रृया कार्यक्रममा समाजमा बिकराल समस्याका रुपमा रहेको बिभिन्न प्रकारका हिंशाका बिषयमा छलफल भएको थियो । ललितपुर सातदोबाटो स्थीत ग्राण्ड एकेडेमीका कक्षा ८, ९, र १० का बिध्यार्थीहरु उक्त अन्तक्रृया कार्यक्रममा सहभागी भएका थिए ।

राष्ट्रिय महिला आयोगका अधिवक्ता बिमला खड्काले हिंशा के हो र कानुनी ब्यवस्थाकाका बारेमा बिध्यार्थीहरुले गरेका प्रश्नहरुको जवाफ दिनुभएको थियो । त्यस्तै समृद्धि फाउण्डेसन नेपालका अध्यक्ष संगिता श्रेष्ठले हिंशाका बिबिधताका बारेमा जानकारी दिदै हरेक ब्यक्तीले हिंशा न्युनीकरण गर्न पहल निरन्तर जारी राख्दै आफुमाथी हुने र अन्यमा हुने हिंशा प्रती सचेत हुदै आवाज उठाउन सहभागी बिधार्थीहरुलाई आग्रह गर्नु भयो ।

इमाडोल जेसीज बर्ष २०२२का अध्यक्ष इच्छा गुरुङले समुदायस्तरमा जनचेतनामुलक कार्यक्रमलाई निरन्तरता दिन यस्ता प्रकारका अन्तक्रृया बिध्यालयस्तर देखीनै आवस्यक रहेको बताउदै हिंशा सहनु नै हिंशालाई बढावा दिनु हो भन्दै सबैलाई सहकार्य गर्न आग्रह गर्नु भयो । उक्त अन्तक्रृया कार्यक्रम जेसीजका कार्यकारिणी उपाधक्ष्य रमा प्याकुरेलको प्रमुख अतिथ्यतामा भएको हो ।

कार्यक्रममा बिशेष अतिथी नेपाल जेसीजका उपाधक्ष्य जिवन कार्की, धरान जेसीजका पुर्व अध्यक्ष द्धारिकानाथ श्रेष्ठ, काठमाडौ जेसीजका पुर्व अध्यक्ष अशोक मानन्धर लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन महासचिव सुजन श्रेष्ठले गर्नु भएको थियो ।


