बाहुण्डाँगी । नारायणगढ लेडी जेसीजको २६ औँ स्थापना दिवसमा जनप्रतिनिधिलाई सम्मान गरिएको छ । बुधवार आयोजित एक विषेश समारोहकाबिच सम्मानसहित स्थापना दिवस मनाइएको हो । गत बैशाख ३० गते सम्पन्न स्थानीय निकायको निर्वाचनमा निर्वाचत जनप्रतिनिधिहरुलाई सम्मान गरिएको हो ।

सन १९९६ मा स्थापना भएको यो संस्था चितवन जिल्लामा उत्कृष्ट सामाजिक संस्थाको रुपमा स्थापित बनिसकेको छ । व्यक्ति तथा नेतृत्व क्षमतासँगै सामाजिक क्षेत्रमा समेत सक्रिय संस्थाले समारोहमा हालसम्म गरेका उपलब्धी तथा आगामी योजनाका बारेमा कार्यक्रममा राखिएको थियो ।

सस्थाकी २०२२ की अध्यक्ष अनिता श्रेष्ठ अधिकारी ९अनु० को सभापतित्व तथा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल जेसीजका निवर्तमान अध्यक्ष सिनेटर अरुणेश्वर खनाल, नारायणगढ उद्योग बाणिज्य संघका अध्यक्ष चुननारायण श्रेष्ठ, भरतपुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष केशव महर्जन, वडा नम्बर २ का अध्यक्ष मनोज रानाभाट, वडा नम्बर ३ का अध्यक्ष विकास थापा, वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनाल, जिल्ला ट्राफिक कार्यालय चितवनका प्रहरी निरिक्षक धर्मबहादुर अधिकारी,

नारायणगढ जेसीजका पूर्व अध्यक्ष उत्तमलाल चुके, २०२२ का अध्यक्ष अमृत श्रेष्ठ, नारायणगढ लेडी जेसीजकी पूर्व अध्यक्ष तथा संरक्षक विश्व पिया, नारायणगढ लेडी जेसीज २०२२ का प्रथम पुरुष निशेष अधिकारी, निवर्तमान अध्यक्ष सम्झना श्रेष्ठ, छिमेकी शाखाका अध्यक्षहरु, नारायणगढ लेडी जेसीजका पूर्व अध्यक्षहरु, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरु सहभागि थिए ।

सहभागि बक्ताहरुले नारायणगढ लेडी जेसीजले समाजका लागि गरेको योगदान र मानवताको सेवाम गरेका कार्यको प्रशंसा गरेका थिए । महासचिव हिमा श्रेष्ठले स्वागत गरेको कार्यक्रमको सञ्चालन २०२२ की तालिम संयोजक सुस्मिता श्रेष्ठले गर्नु भएको थियो ।







