बाहुण्डाँगी । बसामाडी जेसीजको जेसीज सप्ताह कार्यक्रम अन्तरगत सोमबार हाम्रो घर नामक संस्थालाई खाद्यान्न सहयोग गरेको छ । हेटौंडा ५ सिचाईटोलमा रहेको हाम्रो घरलाई एक कार्यक्रमका बीच खाद्यान्न सहयोग गरिएको कार्यक्रम संयोजक निरज अर्यालले बताए ।

जेसीजले हाम्रो घरका संरक्षक इन्दिरा डल्लाकोटी न्यौपानेलाई खाद्यान्न हस्तान्तरण गरेका थिए । जसमा चामल, दाल, नुन, चिउरा, भुजा, आलु, प्याज, तेल, चकलेटलगायतका सामाग्री हस्तान्तरण गरिएको थियो ।
बसामाडी जेसीजका अध्यक्ष चिराग अग्रवालको अध्यक्षता तथा हेटौंडा उपमहानगरका प्रवक्ता एंव वडा १ का अध्यक्ष सविन न्यौपानेको प्रमुख अतिथ्यता रहेको थियो ।

कार्यक्रममा बसामाडी जेसीजका पूर्व अध्यक्ष सरोज अधिकारी तथा पदाधिकारी एंव सदस्यहरुको उपस्थिती रहेको थियो ।
मुल कार्यक्रम संयोजक तथा २०२२ का कार्यकारीणी उपाध्यक्ष सुरज ढंगोलले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव जनक शर्मा भण्डारीले गर्नु भएको थियो ।

१४ गतेसम्म सञ्चालन हुने सप्ताह अन्तर्गत तेस्रो कार्यक्रम भोली मंगलबार विहान अन्तर जेसीज फुटसल कार्यक्रम गरिने अध्यक्ष अग्रवालले बताउनु भयो ।



आइतबारबाट सुरु भएको जेसीज सप्ताह कार्यक्रममा हिजो वडा नम्बर २ का वडा अध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख अतिथ्यतामा वनस्खण्डी मन्दिरमा दीप प्रज्जवलन गरि कार्यक्रमको समुद्घाटन गरिएको थियो ।


