संघ \संस्था

२४ वटा शाखाको देवघाटधाममा स्वास्थ्य शिविर र पानी वितरण

बाहुण्डाँगी । चितवन,नवलपुर,तनहुँ ,लमजुङ,गोर्खा र म्याग्दी जिल्लामा रहेका करिब २४ वटा जेसीज शाखाहरुको संयुक्त आयोजनामा साउन महिनाको दोस्रो सोमवार प्रसिद्ध धार्मिक क्षेत्र देवघाटधाममा स्वास्थ्य शिविर तथा पानी वितरण गरिएको छ । देवघाटधाममा दर्शन तथा स्नान गर्न आहुनुहुने धर्मालम्वीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै निःशुल्क स्वास्थ्य शिविर र पानी वितरण गरिएको हो ।
शिविरमा स्वास्थ्य चेकजाँच गर्नुका साथै आवश्यकता अनुसार औषधि वितरण गरिएको प्रस्तावित बुलिङ्गटार जेसीजका अध्यक्ष सन्दीप कुमार श्रेष्ठले जानकारी दिए । शिविरमा सयौं बर्तालुले सेवा लिएको कार्यक्रम संयोजक प्रस्तावित देवघाटधाम जेसीजका अध्यक्ष जेसी विकास सापकोटाले बताए ।
स्वास्थ्य शिविरको प्राविधिक सहयोग भरतपुरको श्री पुष्पाञ्जली हस्पिटल प्रा लि ले गरेको हो ।


यस कार्यक्रमका व्यवस्थापक नारायणगढ जेसीज शाखा अध्यक्ष जेसी अमृत कुमार श्रेष्ठले सबै शाखाहरुका जेसीज अध्यक्षहरुको उल्लेखनीय उपस्थिति रहेको बताए ।
कालिका जेसीजका अध्यक्ष जेसी मेनुका थापाले साउनको पहिलो सोमबार बाट सुरु गरिएको यो शिविर तथा पानी वितरण साउन महिनाको अन्तिम सोमवार सम्म सञ्चालन गरिनेछ ।