झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अब नेपालमा बनेको पोशाक मात्रै लगाउने घोषणा गरेका छन् । बिहिबार झापाको विर्तामोडमा आयोजित पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्दै पूर्वसञ्चारकर्मी समेत रहेका अध्यक्ष लामिछानेले अबदेखि नेपाली उत्पादनलाई प्रवर्द्धन गर्न नेपाली पोषाकमात्रै लगाउने निर्णय गरेको बताए । संगठन बिस्तारका लागि देश दौडाहमा रहेका उनले भने, ‘नेपालमा बनेका लुगा Read More…
Month: July 2022
झापाको कुन पालिकामा कति बेरुजु ?
झापा । गत आर्थिक बर्ष २०७७/०७८ मा झापामा एक अर्ब ३१ करोड ५७ लाख ११ हजार बेरुजु रकम देखिएको छ । महालेखा परीक्षकको कार्यालयले बुधवार सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनमा जिल्लाका १५ वटा पालिकाको कुल लेखा परीक्षक रकम २७ अर्ब ८१ करोड १४ लाख ८९ हजार (आम्दानी र खर्च) मध्ये ४ दशमलव ७३ प्रतिशत रकम बेरुजु Read More…
बुटवल लेडी जेसीजद्वारा असहाय बालकहरूलाई सहयोग
बाहुण्डाँगी । बुटवल लेडी जेसीजको आयोजनामा श्रीकृष्ण प्रणामी सेवा समितिद्वारा संरक्षित असहाय बालकहरूलाई सहयोग प्रदान गरिएको छ । उनीहरूलाइ लत्ताकपडा,शैक्षिक सामाग्री वितरण तथा भोजन खुवाइएको हो । भानुजयन्ती , गुरूपुर्णिमा तथा शाखाकी अध्यक्ष अनुपमा श्रेष्ठको जन्मदिनको अवसर पारी सो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि महन्त देवराज महाराजाले पश्चिमेली सँस्कृति नेपालमा हाबी भएको Read More…
झापाः राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला भेला आज
झापा । पूर्वसञ्चारकर्मी रवि लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी झापा जिल्ला भेला आज हुँदैछ । बिर्तामोड स्थित अग्रसेन भवनमा असार ३० गते बिहिबार ११ः३० बजेबाट सुरु हुने जिल्ला भेलालाई सम्बोधन गर्न सभापति लामिछाने बुधबार नै झापा आईसकेका छन् । उनले आज जिल्ला भेलामा सहभागीलाई सम्बोधन गर्ने आयोजकले जनाएको छ । जिल्ला दौडाहमा होमिएको राष्ट्रिय Read More…
किसानलाई प्रोत्साहन गर्न सुपारी उद्योगलाई अनुदान
झापा । सुपारीलाई व्यवसायीकरण गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यले सुपारी प्रशोधन उद्योगको स्थापना गरिएको छ । उद्योग स्थापनासँगै कम लागत र थोरै जनशक्तिले धेरै उत्पादन गर्न सकिने किसानले बताएका छन् । विगतमा परम्परागत ढङ्गले सुपारी प्रशोधन गर्दा खर्च र जनशक्ति बढी लाग्ने र मुनाफा कम गरेका उनीहरुले उद्योग स्थापनासँगै आम्दानीसमेत बढ्ने बताएका छन् । प्रधानमन्त्री कृषि Read More…
स्कटल्यान्डमाथि नेपालको ऐतिहासिक जित
काठमाडौं । आसिफ शेखको अर्धसतकप्रेरित नेपालले आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत जारी त्रिदेशीय शृंखलाको दोस्रो खेलमा घरेलु टिम स्कटल्यान्डविरुद्ध ऐतिहासिक पाँच विकेटको जित निकालेको छ । नेपालले क्रिकेटको कुनै पनि संरचनामा पहिलो पटक स्कटल्यान्डलाई हराएको हो । यो संगै नेपालले स्कटल्यान्डमा पहिलो जित निकालेको छ । टिटउड क्रिकेट मैदानमा घरेलु टिमले प्रस्तुत गरेको १४५ Read More…
भानु जयन्तीमा कालिका जेसीजद्धारा गजल तथा कविता प्रतियोगिता
बाहुण्डाँगी । नेपाली भाषा र साहित्यका महान व्यत्ति आदिकवि भानुभक्तको २०९ औँ जन्मजयन्तीको अवसर पारेर कालिका जेसीजद्वारा गजल तथा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । प्रतियोगितामा विभिन्न कविहरुले आफ्नो साहित्यक रचना कविता प्रस्तुत गरेका थिए । भाषा र साहत्यिमा भानुभक्तले पुरयाएको योगदानका बारेमा समेत कार्यक्रममा चर्चा गरिएको थियो । शाखाकी अध्यक्ष मेनुका थापाको सभापतित्व Read More…
कल्पना कुसुमको ‘लेहेङ्गा लगाउँछु’ म्यूजिक भिडियो सार्वजनिक
बुटवल । नारीहरुको महान चार्ड तीजलाई लक्षित गर्दै ‘लेहेङ्गा लगाउँछु’ म्युजिक भिडियो बुधवार सार्वजनिक गरिएको छ । आधुनिक गायिका कल्पना कुसुम पाण्डेको स्वरमा रहेको उक्त म्युजिक भिडियो भानु जयन्तीको अवसर पारेर अफिसियल युट्युब च्यानल कल्पना कुसुमबाट रिलिज भएको सार्वजनिक गरिएको हो । पछिल्लो वर्ष तीजका गितहरु तडकभडक बन्दै गएको अवस्थामा ‘लेहेङ्गा लगाउँछु’ विशुद्ध सामाजिक परिवेशलाई Read More…
झापा विद्रोहका योद्धाले पाए नयाँ घर
झापा । झापा विद्रोहका क्रममा डेढ दशकभन्दा बढी समय जेल जीवन बिताएका योद्धा अर्जुनधारा नगरपालिका–१ का मानकुमार तामाङलाई घर निर्माण गरेर हस्तान्तरण गरिएको छ । गुरुपूर्णिमाको अवसरमा स्थानीय लेखक र पत्रकारहरूको पहलमा निर्माण गरिएको पक्की घर हस्तान्तरण गरिएको पत्रकार तीर्थ सिग्देलले जानकारी दिए । विसं २०२८/२९ को झापा विद्रोहका क्रममा उनले १७ वर्ष जेल जीवन Read More…
धूलाबारी जूनियर जेसिजद्वारा प्रभावकारी पब्लिक स्पिकिङ्ग ट्रेनिङ्ग सम्पन्न
मेचीनगर । धूलाबारी जूनियर जेसिजले आफ्नो वार्षिक कार्ययोजना अन्तर्गत प्रभावकारी पब्लिक स्पिकिङ्ग ट्रेनिङ्ग सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख प्रशिक्षकको रुपमा रोटरी क्लब अफ मेचीनगरका अध्यक्ष एवम् धुलाबारी जेसीज वर्ष २०१३ का अध्यक्ष अनन्त प्रकाश वस्ती रहेका थिए । धुलाबारी जुनियर जेसिज वर्ष २०२२ का अध्यक्ष सचेत घिमिरेको अध्यक्षता तथा कार्यकारिणी उपाध्यक्ष श्रीजित ढुङ्गाना कार्यक्रम Read More…










