संघ \संस्था

काठमाडौ जेसीजद्धारा सेन्चुरी मिस टिन नेपाल हुँदै

बाहुण्डाँगी । काठमाडौ जेसीजको आयोजनामा सेन्चुरी मिस टिन नेपालको १८ औं संस्करण हुने भएको छ । काठमाडौ जेसीजद्धारा सोमबार काठमाडौमा आयोजित पत्रकार सम्मेलन मार्फत उक्त जानकारी दिइएको हो । सन् २००२ बाट शुरु भएको मिस टिन नेपालको १८ संस्करणको लागि २० जना प्रतिस्पर्धी रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

किशोरीहरुको बाहिरी सुन्दरतामात्र नभई उनीहरुको अन्तरनिहीत क्षमतालाई संगै सांस्कृतिक वृद्धि विकास प्रष्फुटन गराई समाजकालागि योग्य नागरिक बनाउने प्रतियोगिताको उद्देश्य रहेको आयोजक काठमाडौ जेसीज २०२२का अध्यक्ष अनुप सुनुवारले बताउदै मिस टिन नेपाल प्रतियोगिता एक सौन्दर्य प्रतियोगिता मात्रै नभएर कार्यक्रम मार्फत महिला सशक्तिकरणको लागि एक अभियान समेत भएको बताए ।

सेन्चुरी मिस टिन नेपालको ग्राण्ड फिनाले आउँदो असोज ९ गते हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । प्रतियोगिताको अडिसन राउण्डमा सहभागि ५० जनामध्ये २० जना ग्राण्ड फिनालेका लागि चुनिएका हुन् । प्रतियोगिताको मुख्य कोरियोग्राफरको भूमिका प्रियारानी लामाले निर्वाह गर्नेछिन् ।

प्रतियोगीको ग्राण्ड फिनालेमा प्रतिस्पर्धा गर्नेहरुमा विभुषा बस्नेत, अदिती श्रेष्ठ, कसक पौडेल, सुम्निमा पुरी, आर्या पोखरेल, सुस्जिता पौडेल, स्नेहा पौडेल, पूजा ओली, प्रतिक्षा डंगोल, पारिका भण्डारी, हर्षिता पन्त, विसुका कोइराला, निशा सोनी, सुस्मिता अधिकारी, रोशनी सुनवार, खुसी श्रेष्ठ, आरती गिरी, सञ्जु श्रेष्ठ र कुसुम भट्टराई रहेका अध्यक्ष सुनुवारले बताउनु भयो ।

प्रतियोगितामा सेञ्चुरी मिस टिन नेपाल २०२२ को मुख्य टाइटलसहित विभिन्न १२ सब टाइटल अवार्डहरु राखिएका छन् । १६ देखि १९ वर्षसम्म किशोरीहरु प्रतिस्पर्धी रहेको मिस टिन नेपालको मुख्य प्रायोजकका रुपमा सेञ्चुरी रहेको छ भने एनआइसी एसिया बैंक बैंकिङ पाटर्नर रहेको छ ।