बाहुण्डाँगी । शुक्रवारबाट सुरु हुने नेपाल जेसीजको क्षेत्र घ सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ ।
टिकापुर जेसीजको आतिथ्तामा हुन लागेको सम्मेलनको तयारी धमाधम भइरहेको छ । कैलालीको टिकापुर सिटी हलमा हुने सम्मेलनका लागि सोमवारबाट उद्घाटन हल बनाउने काम सुरु भएका आतिथ्यता शाखाका अध्यक्ष टोपप्रकाश विकले बताउनु भयो ।

सम्मेलनमा क्षेत्र घ का ५५ वटा शाखाका करिब ७५० को सहभागि हुने अनुमान गरिएको र सोही अनुसार होटल र खानाको व्यवस्थापनको तयारीमा लागिको आवास समितिका संयोजक तथा २०२२ का कानुनी सल्लाहकार प्रकाश शाहले बताउनु भयो । उहाँका अनुसार अहिलेसम्म करिब २५० जनाको रजिष्टेशन भएको र रजिष्टेशन हुने काम निरन्तर भइरहेकोले अनुमानित ७५० लाई तयार गरिएको उहाँले बताउनु भयो ।

सहभागिका लागि टिकापुरमा २५० र अन्यलाई लम्की र चिसापानीमा राख्ने तयार गरिएको समेत बताउनु भयो । सम्मेलन निर्देशकको जिम्मेवारी शाखाका पूर्व अध्यक्ष नवराज रावललाई प्रदान गरिएको छ । साथै संस्थापक अध्यक्ष प्रध्यापक डाक्टर जगतबहादुर सिंह रावलको संयोजकत्वमा सबै पूर्व अध्यक्ष रहने गरी अनुगमन समिति निर्माण गरिएको छ भने शाखाका पदाधिकारीहरुबिच नै अन्य कामको बाँडफाड गरिएको छ ।

यसैगरी, सम्मेलनको पूर्व तयारी तथा प्रचार प्रसारका लागि सोमवार टिकापुर बजार सरसफाइ गरिएको छ । आतिथ्यता शाखाको नेतृत्वमा भएको सरसफाइ कार्यक्रममा जेसीजकर्मी, विद्यार्थी, स्काउट, प्रहरी, सशस्त्र तथा नेपाल आर्मीको सहयोग रहेको शाखाका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व उपाध्यक्ष गणेश साउदले जानकारी दिनु भयो । सम्मेलन दुई दिन चल्नेछ ।
https://www.facebook.com/100000550790022/videos/763766171347162

