झापा । झापाको कमल गाउँपालिकामा गए राति दुई जनाको हत्या भएको छ ।
कमल गाउँपालिका–२ स्थित सिमलडाँगीमा २३ वर्षका चन्द्रबहादुर माझीले आफ्नै आमा चन्द्रकला माझी र काका शन्तबहादुर माझीलाई खुकुरी प्रहार गरी हत्या जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार चन्द्रबहादुरले शनिबार राति साढे १० बजे अलग अलग सुतिरहेका ५० वर्षीया आमा र सोहि उमेरका काकालाई खुकुरी प्रहार गरी हत्या गरेका थिए ।
घटनाको जानकारी पाए लगत्तै पुगेको प्रहरी टोलिले हत्या गरेर भाग्दै गरेका माझीलाई तत्कालै पक्राउ गरेको जनाएको छ ।
आवश्यक कानुनी प्रक्रिया पुरा गरी सबलाई पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको बताईएको छ । पारिवारिक विवादका कारण आमा र काकाको हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

