स्वास्थ्य

मेचीनगर उपप्रमुख उप्रेतीलाई डेंगू संक्रमण

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीलाई डेंगू संक्रमण पुष्टि भएको छ । उपप्रमुख उप्रेतीको स्वास्थ्यमा केही दिनदेखि समस्या देखिएपछि शुक्रबार रगत परीक्षण गर्दा डेंगू संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ ।

डेंगू संक्रमण भएपछि अहिले उपप्रमुखलाई चिकित्सकले आराम गर्न सुझाप दिएका छन् । चिकित्सकको सल्लाह बमोजिम अहिले उपप्रमुख आफ्नै निवासमा ओैषधि सेवन गर्दै वेड रेष्टमा रहेको उनको स्वकिय सचिव लक्ष्मी उप्रतीले जानकारी दिए ।