बाहुण्डाँगी । बहुवन सामुदायिक वन मेचीनगर २ र ३ को अध्यक्षमा भुवन थापा मगर पुनः निर्वाचित भएका छन् । शनिवार सम्पन्न निर्वाचनबाट आफ्ना २ जना प्रतिस्पर्धीलाई तेब्बर मत अन्तरले पछि पार्दै दोस्रो कार्याकालका लागि थापा मगर अध्यक्षमा निर्वाचित भएका हुन् ।
थापाले ६०४ मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी याम तोलाङीले १२९, र धन ब सारु मगरले १०७ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा काजी मेचे निर्वाचित भएका छन् । उपाध्यक्षमा ५ जनाको प्रतिस्पर्धा भएको थियो जसमा काजीले २८० मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी अजय शंखरले २१२ मत, दोरेन धिमालले १३६ मत, बल बहादुर आलेले १२७ मत र बाबुराम मेचले ६२ मत प्राप्त गरेका थिए ।
सचिवमा सन्जु कार्की निर्वाचित भएकी छिन् । उनले ४४१ मत प्राप्त गरेकी थिइन् । उनकी प्रतिस्पर्धी रिता थापाले २३४ र इन्दिरा पोखरेलले १२८ मत प्राप्त गरेकी थिइन् । यसैगरी कोषाध्यक्षमा दमयन्ती तामाङ निर्वाचित भएकी छिन् । उनले ३४६ मत प्राप्त गरेकी थिइन् । उनका प्रतिस्पर्धी रन्जना विकले १९१ र लिला मेचेले २२९ मत प्राप्त गरेका थिए । स सचिव रमेश भट्टराई ३३० मत प्राप्त गर्दै निर्वाचित भएका निर्वाचन समितिका सदस्य धनराज भण्डारीले बताए । सचिवमा नारायन मगर ३२० मत र लगनसिंह दर्जी १५१ मत प्राप्त गर्दै उपविजेता बने ।
जम्मा ११ सय ६६ मतदाता रहेको सामुदायिक वनको निर्वाचनमा ८९५
मत खसेको थियो भने १२ मत बदर भएको निर्वाचन समितिका सदस्य निरज पोखरेलले बताए ।

