शिक्षा

तारापुञ्ज अंग्रेजी बोर्डिङ स्कुलको २० औँ वार्षिकोत्सव सम्पन्न

मेचीनगर । ताराजुञ्ज अंग्रेजी बोर्डिङ स्कूल मेचीनगर-६ को २० औँ वार्षिकोत्सब समपन्न भएको छ । सोमबार सम्पन्न वार्षिकोत्सबको उद्घाटन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए ।

कार्यक्रममा विशेष अतिथिको रुपमा मेचीनगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत होमनाथ भण्डारी रहेका थिए भने अतिथिमा तारापुञ्ज फाउण्डेसन प्रालिका अध्यक्ष दीपकप्रसाद पोखरेल, अग्रज पत्रकार सन्तोष आचार्यलगायत थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद तिम्सिनाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा स्वागत मन्तव्य विद्यालयकी छात्रा दक्षिणा बस्नेतले गरेकी थिइन् । कार्यक्रमको सञ्चालन छात्र असिम पोखरेलले गरेका थिए ।

नृत्य, गायन तथा विद्ययालमा बिध्यार्थीहरुमा रहेको प्रतिभा सो अवसरमा प्रस्तुत गरिएको विध्यालयका प्रिन्सिपल ओमप्रकाश दाहालले बताए ।