संघ \संस्था

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठन झापाको अध्यक्षमा गिरी, सचिवमा काफ्ले

मेचीनगर । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठन झापाको अध्यक्षमा केशव गिरी सर्वसम्मत निर्वाचित भएका छन् ।

नेकपा एमाले निकट संगठनको पुर्व मेची बस व्यवसायी प्रालिको सभाहलमा सोमबार सम्पन्न दोस्रो अधिवेशनबाट गिरीको अध्यक्षमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिकाे बरिस्ठ उपाध्यक्षमा हरि गौतम, उपाध्यक्षमा टेकनाथ सापकोटा, सचिवमा कृष्ण काफ्ले र कोषाध्यक्षमा दुर्गाराज अर्याल सर्वसम्मत निर्वाचित भएका हुन् ।

दुईबर्षे कार्यकाल रहेको समितिकाे सदस्यहरूमा पुष्प ढुंगेल, प्रेमबहादुर प्रधान, गोपाल ढकाल, पासाङ तामाङ, धुर्व रसाइली, इन्द्रबहादुर थापा, डेनी तामाङ, टेकबहादुर प्रधान र विनोद तामाङ रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनका केन्द्रीय अध्यक्ष श्रीप्रसाद मैनाली, केन्द्रीय सदस्य प्रजापति सापकोटा, पुर्व मेची बस व्यवसायी प्रालिका निवर्तमान अध्यक्ष मोहनप्रकाश उप्रेती, महेन्द्र राजमार्ग कर्मचारी कल्याण कोषका अध्यक्ष मोहन रिजाल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगर अध्यक्ष राजकुमार सुवेदी र जिफन्ट मेचीनगर अध्यक्ष एकराज तिम्सिनालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठन झापा अध्यक्ष बिष्णु कुमार श्रेष्ठको अध्यक्षामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य पुर्व मेची बस व्यवसायी प्रालिका व्यवस्थापक दुर्गाराम अर्यालले गरेका थिए । कार्यक्रममा उद्घाटन शत्रको केशव गिरीले र बन्दशत्रको कार्यक्रम सञ्चालन प्रितम काफ्लेले गरेका थिए ।