मेचीनगर । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनका केन्द्रीय अध्यक्ष श्रीप्रसाद मैनालीले सरकारको गलत नितिको कारण अहिले यातायात व्यवसायी समस्यामा परेकाे बताएका छन् ।

सोमबार नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठन जिल्ला कमिटी झापाको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि मैनालीले सो कुरा बताएका हुन् ।
यातायात व्यवसाय प्रति राज्यले चासो नदिदाँ अहिले उनीहरू सो क्षेत्रबाट बिस्तापित हुने अवस्था आएको बताए । उनले हिजो कोरोना संक्रमणलतायतका रोगले मरिन्छ भन्ने डर थियो, अहिले भोकले मर्ने अवस्था सृजना भएको बताए । त्यसतर्फ राज्यले चासो दिनुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा प्रमुख अतिथि मैनालीसहित नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनका केन्द्रीय सदस्य प्रजापति सापकोटा, पुर्व मेची बस व्यवसायी प्रालिका निवर्तमान अध्यक्ष मोहनप्रकाश उप्रेती, महेन्द्र राजमार्ग कर्मचारी कल्याण कोषका अध्यक्ष मोहन रिजाल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगर अध्यक्ष राजकुमार सुवेदी र जिफन्ट मेचीनगर अध्यक्ष एकराज तिम्सिनालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठन झापा अध्यक्ष बिष्णु कुमार श्रेष्ठको अध्यक्षामा सम्पन्न दोस्रो अधिवेशनको उद्घाटन शत्रमा स्वागत मन्तव्य पुर्व मेची बस व्यवसायी प्रालिका व्यवस्थापक दुर्गाराम अर्यालले गरेका थिए । कार्यक्रमको सञ्चालन केशव गिरीले गरेका थिए ।

