मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा विश्व औलो दिवस २०८० विभिन्न कार्यक्रम गरी मनाईएको छ । नगरमा विश्व औलो दिवस “शुन्य औलो अबको थालनी नवीनतम कार्य, कार्यान्वयनमा लगानी” भन्ने मुल नाराका साथ मनाइएको हो ।

स्वास्थ्य कार्यालय झापाको आयोजना तथा मेचीनगर स्वास्थय शाखाको संयोजनमा मेचीनगर १४ स्थित वडा स्वास्थ्य कार्यालय परिसरमा आयोजना भएको स्वास्थ्य कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाह्रकोटीले झापा औलो संक्रमणको दृष्ट्रिकोणले संवेदनशिल रहेको बताए । उनले कोशी प्रदेशको समग्र डाटा हेर्दा झापा संवेदनशिल देखिएको बताए ।

कार्यक्रममा मेचीनगर १४ का वडाध्यक्ष बाबुलाल सुब्बा, जिल्ला स्वास्थ्य कार्यालयका कुलबहादुर भण्डारी, मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा, मेचीनगर १४ वडा सचिव लक्ष्मी रार्इ, बालसुबोधनी माविका प्रअ विश्व थापा, विश्वास परियोजना पवन कुमार राई, सहारा नेपालकी संगिता आचार्यलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा स्वास्थ्यकर्मी, स्वयमसेवीकालगायतको सहभागीता रेको थियो ।

