मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा मौरी पालन सम्बन्धि तीनदिने तालिम सम्पन्न भएको छ । मेचीनगर-२ वडा कार्यालयको आर्थिक सहयोगमा सञ्चालन भएको तालिममा मेचीनगरका पन्द्रवटै वडाबाट ४० बढी किसान सहभागी थिए ।

मेचीनगर कृषि शाखाकाे प्रविधिक सहयोग रहेको तालिम मेचीनगर-२ मा सञ्चालन भएको थियो । तालिमको समापन शत्रमा बोल्दै मेचीनगर-२ का वडाध्यक्ष दिपक बरालले थोरै लगानी र मेहनतमा मनग्ये आम्दानी गर्न सकिने भएकालेे मौरी पालन तर्फ आकर्षण गर्न तालिमको आयोजना गरिएको बताए ।
मौरी पालन सम्बन्धि दक्ष प्राविधिकले तालिम प्रदान गरेको हुँदा तालिममा सहभागी प्रशिक्षार्थीहरूले मौरी पालन सम्बन्धि राम्रो ज्ञान् आर्जन गर्न मद्दत पुगेको मेचीनगर खाद्य विशेषज्ञ दिपेन्द्र कार्की बताउँछन् । साथै उनले यस अघि नै किसानलाई मौरी पालनमा प्रोत्साहन गर्न उच्चस्तरीय मौरीको घार वितरण गरिएको बताए ।
तालिममा सहभागीलाई मौरी पालन सम्बन्धि बिशेषज्ञ कुमार तामाङ र इप्सन राईले प्रशिक्षण दिइएका थिए ।

