समाचार

कोशी सरकारविरुद्धको मुद्दामा आज फैसला आउने

काठमाडौँ। कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्दै सर्वोच्चमा दायर गरिएको रिट निवेदनमाथि आज पनि सुनुवाइ हुँदैछ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा मङ्गलबारदेखि भइरहेको सुनुवाइ हिजो पनि नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । संयुक्त इजलासमा हिजो अन्तिम बहस सकिए पनि फैसला लेखनका लागि अध्ययन गर्न समय अभाव भएपछि Read More…

खेलकुद

दमक फुटसलको उपाधि सुकुना बहुमुखी क्याम्पसलाई

दमक । दमकमा सम्पन्न प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उपाधि मोरङको सुकुना बहुमुखी क्याम्पसले जितेको छ । दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा बुधबार सम्पन्न फाइनल खेलमा सुकुनाले झापाको काँकरभिट्टा बहुमुखी क्याम्पसलाई ८–१ को फराकिलो गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । उपाधिसँगै सुकुनाले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र पायो भने उपविजेता काँकरभिट्टाले Read More…

अर्थ

नेपालको व्यापार घाटा साढे १४ खर्बभन्दा बढी

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा नेपालले साढे १४ खर्बभन्दा बढीको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको वैदेशिक व्यापारसम्बन्धी विवरणअनुसार गत असार मसान्तसम्ममा नेपालले कुल रू १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख बराबरको व्यापार घाटा व्यहोरेको देखिएको हो । अघिल्लो वर्षको तुलनामा भने व्यापारघाटा १५ दशमलव ४५ Read More…

विविध

छोरीको जन्मदिन अपाङ बाल शिक्षा सरोकार केन्द्रमा

बिर्तामोड । युवा ब्यवसायी निर्मल भट्टराई र सुमित्रा बस्नेत भट्टराईकी छोरी एन्जिलाले आफ्नो जन्मदिन अपाङ बाल शिक्षा सरोकार केन्द्रमा मनाएकी छिन् । एन्जिलाले अर्जुनधारा–६ स्थित कप्तानबारीमा रहेको सरोकार केन्द्रमा आश्रित ११ जना आपाङ्ग बालबालिकालाई नगदसहित मिठाई, कपी, पेनसिललगायत सामाग्री सहयोग गर्दै जन्मोत्सव मनाएकी हुन् । उनले शनिवार (आज) २५ औं जन्मोत्सव प्रवेशका अवसरमा सरोकार केन्द्रमा Read More…

अर्थ

पौरखी रञ्जितकार: धान मासेर कागती खेती

देबु बानियाँ बाहुण्डाँगी । केही वर्ष अघि सम्म खेत बाँझै रहन्थ्यो । धान लगायो हात्तीले हैरान बनाउँथ्यो । निकै समय बाँझै रहेको त्यो खेतबारी अहिले हराबरा बनेको छ । मेचीनगर ४ का डम्बर रञ्जितकारले लगाएको कागती खेतीले यतिबेला त्यो उजाड जमिन हरियाली बनेको छ । हरियाली मात्र होइन कागतीका दानाने उनको व्यवसायलाई पनि स्थापित बनाएको Read More…

विविध

सशस्त्र प्रहरीले गर्यो ठुलो मरिमाणमा साल जातको गोलिया काठ बरामद

मेचीनगर । सशस्त्र प्रहरीले झापाको मेचीनगर क्षेत्रबाट ठुलो मरिमाणमा साल जातको गोलिया काठ बरामद गरेको छ। शुक्रबार राति सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी देवराज अर्याल नेतृत्वको टोलिले अन्दाजी ७ सय क्युफिट गोलिया काठ बरामद गरेको हो। एसपी अर्याल नेतृत्वको टोलीले मेचीनगर–१ स्थित कृष्णथुम्की मन्दिर नजिकैबाट सो परिमाणको काठ बरामद गरेको हो। Read More…

समाचार

कहिले पुग्ला ग्वालबस्तीको पीडा संसद भवनमा ?

मेचीनगर । छिमेकी मुलुक भारतसंग सिमाना जोडिएको झापाको मेचीनगर १५ मा पर्दछ ग्वालबस्ती । सुगम जिल्लाको दुर्गम गाँउमा पर्ने यो ग्वालबस्तीमा अहिलेसम्म पनि राज्य र राज्य संचालन गर्ने व्यक्तिहरुको नजर पर्न सकेको छैन । आर्थिक अवस्था कमजोर भएका आदिवासी समुदायको बाक्लो बसोबास रहेको मेचीपारीको ग्वालबस्तीमा चुनावको बेला नेताहरुको खुबै दौडधुप हुने गर्दछ । तर, चुनाव Read More…

विविध

कनकाई : लाईन झ्याप्प -झ्याप्प जाने समस्याले हैरान भएका युवाले बुजाए ज्ञापन पत्र

कनकाई । झापा कनकाईका युवाहरूले पछिल्लोपटक बिद्युत प्राधिकरणबाट लाईन झ्याप्प-झ्याप्प जाने समस्याका कारण हैरान भएपछि आज शुक्रबार विरोध प्रध्शन गर्दै प्राधिकरण शाखा सुरुङ्गामा ज्ञापन पत्र बुजाएका छन् । पछिल्लो ३/४ दिन बाट लाईन जादै आउँदै गर्नाले घरमा भएका विधुतिय सामाग्रीहरु मोबाइल, टिभी, फ्रीज, फेन, पानी तान्ने मोटर, राईस कुकरलगायतका घरायसी सामग्रीहरु विग्रेको भन्दै आज शुक्रबार Read More…

अर्थ

मकाउ छोडेर गाउँमै व्यवसाय गर्दै रञ्जित

देबु बायियाँबाहुण्डाँगी । धेरैको रोजाइको देश हो मकाउ । यहाँ जानका लागि लाखौँ खर्च गरेर भिसा लगाउँछन् । तर, मेचीनगर ४ आमडाँगीका रन्जित खड्का त्यो रोजाइको देशलाई चटक्कै छोडेर नेपाल फक्रिए । उनले चाहेका भए सबै परिवारलाई उतै लैजान सक्थे । ११ वर्षसम्म यहि देशमा राम्रै आम्दानी गरेका रान्जितले कहिलै नर्फकिने गरी विदा लिएर आए Read More…

अर्थ संघ \संस्था

काँकरभिट्टा नाकामा कडाइ: सय रुपैयाँ बढीको सामान ल्याउँला अनिवार्य भन्सार तिर्नुपर्ने

मेचीनगर । पुर्वको प्रमुख नाका काकडभिट्टा भन्सार कार्यालय हुँदै सीमावर्ती भारतीय बजारबाट किनमेल गरेर एकसय रुपैयाँभन्दा बढी मूल्यको सामान नेपाल भित्राएमा भन्सार लाग्ने भएको छ । नेपाल सरकारले यहि साउन १ गतेदेखि लागू हुने गरी सो नियम लगाएको भएपनि आजबाट भने पुर्णरुपमा यो नियम लागु गरिएको हो। मेची भन्सार कार्यालयले जारी गरेको सूचना अनुसार एक Read More…