मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अद्य मौसमः मध्यमः भवितुम् अर्हति । अध्ययनं प्रति सम्यक् ध्यानं दत्त्वा छात्राः उत्तमं परिणामं प्राप्तुं शक्नुवन्ति।
आज समय मध्यम रहन सक्छ । पढाईमा उचित ध्यान दिंदा विद्यार्थीले राम्रो परिणाम प्राप्त गर्न सकिन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रेमजीवने अविश्वासः प्रकटितः भवेत्। यदा प्रत्येकस्मिन् क्षेत्रे प्रतियोगिनां वर्चस्वं भवति तदा कार्यं समये सम्पन्नं कर्तुं कठिनं भविष्यति।
प्रेम जीवनमा अविश्वास देखा पर्न सक्छ। प्रतिस्पर्धीहरु हरेक क्षेत्रमा हावी हुँदा समयमा काम सकाउन मुस्किल पर्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शत्रवः पराजिताः भविष्यन्ति। पूर्वकार्यस्य उत्तमाः लाभाः भवेयुः। मित्रैः सह मिलित्वा भविष्यति।
शत्रुहरु पराजित हुनेछन्। पहिले गरेको कामबाट राम्रो फाइदा हुन सक्छ। साथीभाईको साथ मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शोधक्षेत्रे सफलतां प्राप्तुं परीक्षां उत्तीर्णं कर्तुं च समयः अस्ति।
अनुसन्धानको क्षेत्रमा सफलता मिल्नुका साथै परिक्षा उत्तीर्ण गर्न सक्ने समय छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बौद्धिककार्य्ये भागं ग्रहीतुं अवसरं प्राप्स्यसि। अद्य व्यापाराय कार्याय च उत्तमः दिवसः अस्ति।
बौद्धिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ । व्यवसाय तथा कामको लागि आजको दिन राम्रो रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समयः तावत् अनुकूलः न अभवत् । व्यावसायिक उद्यमस्य निवेशस्य प्रतिफलं अर्जयितुं कठिनं भवितुम् अर्हति ।
समय त्यति अनुकूल रहेको छैन। व्यापार व्यावसायमा लगानी अनुसारको नाफा कमाउन कठिन हुन सक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
यतः समये एव कार्यं भविष्यति, अतः अन्येषु क्षेत्रेषु निवेशं कर्तुं वातावरणं निर्मीयते। व्यापारात् उत्तमं आयं भविष्यति।
समयमा काम बन्ने हुनाले अन्य क्षेत्रमा लगानी गर्ने वातावरण बन्नेछ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अद्य उत्तमः समयः अस्ति। ये व्यापारं कुर्वन्ति तेषां अद्यत्वे उत्तमं सफलतां प्राप्तुं शक्यते।
आज समय राम्रो छ । व्यापार व्यवसाय गर्नेहरुले आज राम्रो सफलता प्राप्त गर्न सक्ने योग छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कालः मध्यमः भवितुम् अर्हति । अद्यत्वे कार्यकारणात् बहु यात्रा भवितुमर्हति।
समय मध्यम रहन सक्छ । आज कामको कारण यात्रा धेरै गर्नुपर्ने हुन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिश्रमस्य अनुसारं परिणामं न प्राप्य अवसादं जनयितुं शक्नोति। भवद्भिः अनावश्यकं, अप्रयोजनं च यात्रा कर्तव्या भवेत् ।
मेहनत अनुसारको परिणाम नमिल्नाले मन खिन्न रहन सक्छ। अनावश्यक तथा विना प्रयोजनको यात्रा गर्नुपर्ने हुन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आरब्धकार्यतः अप्रत्याशित-आयः उत्पन्नः भवितुम् अर्हति । नूतनं कार्यं प्राप्तुं भवन्तः सफलाः भवन्ति।
सुरु गरिएका कामबाट सोचेजस्तो आम्दानी हुन सक्छ । नयाँ काम पाइने तथा नोकरीमा सफल हुनुहुन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अद्य नूतनं कार्यं आरभ्य नूतननिवेशं कर्तुं उत्तमः समयः भवेत्। अध्ययनं उत्तमम् अस्ति।
नयाँ कामको सुरुवात तथा नयाँ लगानीको लागि आज समय राम्रो रहन सक्छ। अध्यायन राम्रो हुन्छ ।
ज्योतिषी पं श्री सीताराम तिमल्सेना, श्रीहरि भक्ती फाउन्डेसन नेपाल सम्पर्क 9844639228/9818234776

