अर्थ संघ \संस्था

व्यवसायीका विद्यमान समस्या समाधान गर्न सदैव सक्रिय रहने छु : अर्जुन मैनाली

बिर्तामोड । व्यावसायीको साझा समस्या समाधान गर्न आफ्नो उम्मेदवारी रहेको युवा व्यवसायी अर्जुनकुमार मैनालीले बताएका छन् ।

फागुन १४ गते हुन गइरहेको बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि स्वतन्त्र व्यावसायीक प्यानलबाट अध्यक्ष पदका उम्मेदवार रहेका मैनालीले आफुले बिगतमा पनि व्यवसायीको साझा समस्या समाधान गर्न तत्पर रहेर सदैव अघि बढेको बताउँदै आगामी दिनमा अझ शसक्त भएर लाग्न नेतृत्वमा आउन चाहेको बताए ।

उनले व्यवसायीका हक हितमा वकालत गर्न पछिल्लो समय व्यवसायीका नेतृत्व गर्नेहरु चुक्दा त्यसको प्रत्यक्ष मारमा व्यवसायीहरु परेको बताउँदै आगामी दिनमा त्यस्तो हुन नदिन आफुले उम्मेदवारी दिएको उनको भनाई छ ।

व्यवसायीका हकहित र साझा समस्या समाधान आफ्नो मुख्य कार्य रहेको बताउँदै त्यसलाई सफल पार्न विर्तामोडका सबै व्यवसायीहरुले आफुलाई साथ दिने उनको भनाइ छ ।

स्वतन्त्र व्यावसायीक प्यानलबाट अध्यक्षमा मैनालीसंगै वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे (राजु), उद्योग उपाध्यक्ष ओमप्रकाश श्रेष्ठ, वाणिज्य उपाध्यक्ष गंगा मैनाली, जनसम्पर्क उपाध्यक्ष गोमा भट्टराई, महासचिव कृष्ण पौडेल, उद्योग सचिव विसम लिम्बु, वाणिज्य सचिव कृष्ण चापागाईं, कोषाध्यक्ष युवराज निरौला र सह–कोषाध्यक्षमा निशा कर्णको नाम घोषणा गरिएको छ ।

खुल्ला सदस्यहरुमा शत्रुधन प्रसाद गुप्ता, केदार खनाल, शोतलाल राजबंशी, कृष्ण बजगाई , राकेश कुमार सिंह, चन्द्रा भट्टराई, अमिर खान, महिला सदस्यहरु सुष्मा उप्रेती (सुवेदी) र रिता चौधरी अग्रवाल रहेका छन् ।