युवराज रेग्मी
झापा । नेपाल शिक्षक संघका केन्द्रिय अध्यक्ष सोमनाथ गिरिले गुणस्तरीय शिक्षा भनेको चर्का नारा लगाएर र गित गाएर प्राप्त नहुने बताउदै यसका लागि शिक्षा छेत्रमा गुणस्तरीय लगानी र गुणस्तरीय ब्यबस्थापन आवश्यक रहेको बताएकाछ्न ।
नेपाल शिक्षक संघले हिजो बुधबार आयोजना गरेको जिल्ला कार्यसमिति झापाको २५ औं प्रतिनिधिसभामा आफ्ना धारणा राख्दै गिरिले शिक्षामा उचित लगानी र ब्यबस्थापनको खाँचो रहेको औल्याएकाहुन ।
राज्यले शिक्षालाई औधोगिक आँखाले हेर्दै
शिक्षामा ब्यापारिक दृस्ठिकोण राख्नाले शिक्षा भनेको किनबेच गर्ने साधनको रुपमा राज्यले हेर्नेगरेका कारणले आफुहरुले गुणस्तरीय शिक्षा दिनसकिरहेको अथवा पाउन सकिरहेको अवस्था नरहेको औल्याए ।
गिरिले पछिल्लो ६ महिनाको तथ्यांकमा करिब ३ लाख ६० हजार भन्दा बढी युवाहरु रोजगारीका लागि बिदेशीएको बताउदै यो अवस्था नेपालका लागि दुखदायीपुर्ण रहेको बताउदै सन १९७० मा बिश्वको अति गरिब मुलुकको सुचिमा रहेको फिनलैन्डले आफू सुमन्नत र समृद्द बन्न प्राबिधिक युक्त शिक्षामा लगानी गर्दै आफ्नो सम्पुर्ण लगानी शिक्षा छेत्रमा खर्च गरेकोले आज आएर बिश्वको सबैभब्दा शिक्षित र समृद्ध रास्ट बन्न सफल भएको इतिहास अबगत गराउदै नेपाल राज्यलाई शिक्षा छेत्रमा लगानी गर्न अब अझै पछिनपर्न सुझाब दिएकाछ्न ।
राज्यले शिक्षा छेत्रमा आँखा चिम्लिएर लगानीगरे उक्त छेत्रबाट उत्पादनहुने जनशक्ति देशका सबैछेत्रमा कामलाग्ने दक्ष जनशक्तिहरु उत्पादनहुने गिरिले औल्याए ।
अर्को प्रसङ्गमा संसारका सयौं देसहरुमा संघीयता रहेतापनी नेपाल बाहेक कुनैपनी मुलुकले शिक्षाको सम्पुर्ण दायित्व स्थानिय तहलाई नदिइएको बताउदै नेपालमा भने शिक्षाको सम्पुर्ण अधिकार स्थानिय तहलाइ भन्दै राज्य आफ्नो दायित्वबाट पन्छिन खोजेको बताउदै शिक्षाको दायित्व स्थानिय तहलाइ दिन नहुने गिरिले बताए ।
उनले शिक्षाको ब्यबस्थापकिय अधिकार मात्र स्थानिय तहलाई दिनहुने र अन्य सम्पुर्ण अधिकार संघीय सरकारमै रहनुपर्ने बताए ।
त्यस्तै पछिल्लो समयमा आफ्नो कार्यकालमा नेपाल शिक्षक संघको प्रमुख नेतृत्वमा शिक्षकहरुले गरेको ऐतिहासिक आन्दोलन सफल भएको बताउदै उक्त आन्दोलन मार्फत शिक्षकका जायज मागहरु सम्बोधन गराउन सरकार समक्ष गरिएको ६ बुधे सहमति र उक्त सहमति नितिगत रुपमा कानुनत लागु गराउनका लागि आउनलागेको शिक्षा बिधेयकमा नै समाबेश गराउन गरिएका सम्पुर्ण पहल कदमी र प्रयासहरु महत्वपुर्ण रहदै आएको बताउदै आफुहरुले पेश गरेका सम्पुर्ण संसोधन प्रस्ताबहरु उक्त ऐनमा समाबिस्ट गरि उक्त शिक्षा ऐन सदन बाट पास भै लागुभए पश्चात् शिक्षक हरुका आम समस्याहरु समाधान हुने र त्यस पस्चात शिक्षकहरुको बृत्तिबिकास सुनिस्चित हुने र निर्धक्क साथ शिक्षकहरुले कक्षाकोठामा अध्यापन गराउन सक्ने बाताबरण बन्ने र त्यस पश्चात् मात्र देस समृद्ध बन्नसक्ने गिरिले बताए ।
नेपाल शिक्षक संघ झापाका अध्यक्ष तोया नाथ दाहालको अध्यक्षतामा झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा प्रमुख अथिती गिरि सहित कार्यक्रमका विशिष्ट अतिथी शिक्षक संघका केन्द्रिय महासचिव ज्ञानेन्द्र रावल , विशिष्ट अतिथी केन्द्रिय उपमहासचिव नारायण प्र. तिमल्सिना , शिक्षक संघ कोशी प्रदेश अध्यक्ष तेज प्र. चौलागाईं , विशिष्ट अतिथी नेपाली काङ्रेस जिल्ला सचीव कृष्ण हुमागाँइ लयायतले सम्बोधन गरेका थिए ।
झापाका १५ स्थानिय पालिकामा कुल २०३२ सदस्यता रहेको शिक्षक संघ झापाको २५ औं जिल्ला प्रतिनिधिसभामा अध्यक्ष ,सचिब र अर्थ सचिवले क्रमशः प्रस्तुत गरेको अध्यक्ष प्रतिबेदन , साङ्गठनिक र आर्थिक प्रतिबेदनलाई सर्बसम्मत पारित गरिएको थियो ।
शिक्षक संघ जिल्ला कार्यसमिति झापा उपाध्यक्ष लता खरेलले स्वागत गरेको कार्यक्रम सस्थाका सचीव देबेन्द्र चन्द्र सिंह राजबंशीले संचालन गरेकाथिए ।

