मेचीनगर । अखिल नेपाल महिला संघ मेचीनगर कमिटीको अध्यक्षमा हेमा सिटौला सर्वसम्मत चयन भएकी छिन् । आज काँकरभिट्टा स्थित सामुदायिक हलमा आयोजित अनेमा संघको दोस्रो नगर सम्मेलनले सिटौलालाई अध्यक्ष पदमा चयन गरेको हो ।
नगर सम्मेलनले उपाध्यक्ष पदमा अनिता गुरागाई, सचिव पदमा अम्बिका मैनाली प्रसाई, सहसचिव पदमा भिमकला खरेल शिवाकोटी र कोषाध्यक्ष पदमा कविता खनाल मिजार चयन भएकी छिन् ।

समितिको सदस्यमा वडा नम्बर १ बाट सिता विक र दिपा भण्डारी, वडा नम्बर २ बाट शान्ता भण्डारी र इन्दिरा शिवा, वडा नम्बर ३ बाट कृष्णकुमारी पौडेल र पूर्णमाया बास्तोला, वडा नम्बर ४ बाट सृर्जनाकुमारी निरौला र सम्झना कार्की, वडा नम्बर ५ बाट पारु सुवेदी दाहाल र भीमा गेलाल, वडा नम्बर ६ बाट सृर्जना बानियाँ र विमला तामाङ, वडा नम्बर ७ बाट गीता पोख्रेल र निलु राई, वडा नम्बर ८ बाट अम्बिका अधिकारी, वडा नम्बर ९ बाट सुशिला खतिवडा, पवित्रा दाहाल, वडा नम्बर १० बाट पवित्रा पौडेल र सुशिला बिष्ट, वडा नम्बर ११ बाट सन्जु अधिकारी र बिष्णुमाया गौतम, वडा नम्बर १२ बाट कल्पना बिष्ट र दुर्गा निरौला, वडा नम्बर १३ बाट निला कार्की र भीमा न्यौपाने, वडा नम्बर १४ बाट पवित्रा धमला र पवित्रा दाहाल, वडा नम्बर १५ बाट सुनिता धिमाल र बुलबुली राजवंशी सर्वसम्मत चयन भएका हुन् ।

त्यस्तै जनजातिबाट सिता लिम्बु र पदमकुमारी राई, आदिवासीबाट सुर्पा राजवंशी, दलितबाट रन्जीता नेपाली र श्रेया विक, सिमान्तकृतबाट सरिता मेचे, अपाङ्गबाट लक्ष्मी आछामी तथा खुल्ला तर्फबाट सारदा खतिवडा र देविमाया भण्डारी गरी ४५ जनाको नयाँ कार्यसमिति चयन भएको निर्वाचन समिति संयोजक मीना पोखरेल उप्रेतीले जानकारी दिइन् ।

