मनोरञ्जन

काँकरभिट्टा महोत्सव : अस्मितासंगै झुमे दर्शक

मेचीनगर। झापाको मेचीनगर ६ स्थित काँकरभिट्टामा सांगीतिक महोत्सव तथा रमाइलो मेला २०८१ बुधबारदेखि सञ्चालन भएको छ ।

काँकरभिट्टा भेट्रान्स फुटबल क्लबले आयोजना गरेको सांगीतिक महोत्सवमा दैनिक राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति रहनेछ ।

काँकरभिट्टा खेलमैदानमा आगामी असोज १५ गतेसम्म सञ्चालन हुने महोत्सवको दोस्रो दिन बिहीबार पछिल्लो समयकी चर्चित गायिका अस्मिता अधिकारीले आफ्नो सुपरहिट गीत गाउँदै दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेकी थिइन् ।

अस्मिताले “काले केटाले, तिम्रो रूपै करौती, यो माया होइन र” लगायतको गीत गाउँदा उनीसँगै दर्शकपनि नाच्दै गाउँदै रमाइलो गर्दै झुमेका थिए ।

महोत्सवमा शुक्रबार बेलुका चर्चित गायिका प्रिती आलेको प्रस्तुति रहने आयोजक काँकरभिट्टा भेट्रान्स फुटबल क्लबका महासचिव सुन्दर बस्नेतले जानकारी दिए ।

उनका अनुसार प्रत्येक दिन स्थानीय कलाकारको साथमा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति रहने छ ।

त्यस्तै साँस्कृतिक कार्यक्रमको सञ्चालन पुर्वको लोकप्रिय उद्घोषिका भूमिका सुब्बा फ्याकले गर्नेछिन् ।

महोत्सवमा रोटेपिङ्गलगायत विभिन्न मनोरञ्जनात्मक खेलसामाग्री रहेको छ ।