झापा । राष्ट्रिय बाल दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपालले संयुक्त राष्ट्र संघको बालअधिकार महासन्धिलाई २०४७ भदौ २९ गते अनुमोदन गरेको थियो। सोहीअनुरुप नेपालले राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन थालेको हो। २०२१ सालदेखि तत्कालीन रानी रत्नको जन्मदिन भदौ ४ गतेदेखि मनाउन शुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते Read More…
Month: September 2024
काँकरभिट्टा महोत्सव: प्रितीको प्रस्तुतीमा झुमे दर्शक
मेचीनगर । काँकरभिट्टा खेलमैदानमा जारी सांगीतिक महोत्सव तथा रमाइलो मेला २०८१ मा गायिका तथा मोडल प्रिती आलेको प्रस्तुती मार्फत दर्शकहरुले भरपुर मनोरन्जन लिएका छन । महोत्सवमा शुक्रबार लोकदोहोरी गायिका तथा मोडल आलेको प्रस्तुतीमा युवा देखी वृद्धवृद्धाहरुले मनोरन्जन लिएका हुन । युवाहरु माझ चर्चित गायिका प्रितीले आफ्नो सुपरहिट गीत संग बेली डान्स प्रस्तुती राख्दा दर्शकहरु निकै उत्साहित Read More…
राष्ट्रिय बाल दिवसको अवसरमा केर्खा पब्लिक स्कूलमा विविध कार्यक्रम सम्पन्न
कमल । झापाको कमल गाउँपालिका ३ स्थित केर्खा पब्लिक स्कूलले ६० औं राष्ट्रिय बाल दिवस २०८१ को अवसरमा विद्यालयमा शुक्रबार विविध कार्यक्रम गरि मनाएको छ । “बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी” भन्ने मुल नाराको साथ कोपिला बाल क्लबद्वारा आयोजित विद्यालय परिसरमा खुल्ला वक्तित्वकला प्रतियोगिता, नृत्य, गायन तथा नाटकलगायत विविध कार्यक्रम सम्पन्न गरेको विद्यालय प्रशासनले Read More…
मेचीनगर नगर अस्पतालमा स्वास्थ्य सेवा लिने सेवाग्राहीको संख्या बढ्दै
मेचीनगर । मेचीनगर नगरपालिकाद्वारा सञ्चालित नगर आधारभूत अस्पतालमा स्वास्थ्य उपचार गराउने सेवाग्राहीको संख्या बढ्दै गएको छ । नगरपालिकाले केही साता अघिबाट धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रलाई थप सेवा सुविधा सहित स्थतबृद्धि गरी १५ शैयाको नगर आधारभूत अस्पतालको रूपमा सञ्चालनमा ल्याएसंगै अहिले दैनिक सयौंको संख्यामा मेचीनगरबासीले स्वास्थ्य सेवा लिइरहेका हुन् । बिगतमा दुई तीन सय मानिल उपचार Read More…
विर्तामोडमा हत्या गरिएकी युवती इलामकी मनिषा भएको पुष्टि, कैलालीका विक पक्राउ
झापा । अर्जुनधारा -६ महानन्द चोकमा हत्या गरिएकी युवती इलाम फिक्कलकी -२० वर्षकी मनिषा लोहार रहेको खुलेको छ। तीन ठाउँमा छुरा प्रहार गरेर आज साँझ एक युवकले मनिषाको हत्या गरेका थिए । मनिषाको घाँटी, छाती र कोखमा छुरा प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । पटक–पटक छुरा प्रहार गरेपछि स्थानीयले कैलालीका २० वर्षीय अनिल विकलाई Read More…
काँकरभिट्टा महोत्सव : आज प्रिती आले आउँदै
मेचीनगर। झापाको मेचीनगर ६ स्थित काँकरभिट्टामा जारी सांगीतिक महोत्सव तथा रमाइलो मेला २०८१ को आज तेस्रो दिन शुक्रबार राष्ट्रिय ख्यातिप्राप्त कलाकार प्रिती आलेको प्रस्तुति रहनेछ । काँकरभिट्टा भेट्रान्स फुटबल क्लबले आयोजना गरेको आयोजित महोत्सवमा दैनिक राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति रहनेछ । यसै सिलसिलामा आज पछिल्लो समयकी चर्चित गायिका प्रिती आले आउने भएकीहुन् । काँकरभिट्टा खेलमैदानमा Read More…
काँकरभिट्टा महोत्सव : अस्मितासंगै झुमे दर्शक
मेचीनगर। झापाको मेचीनगर ६ स्थित काँकरभिट्टामा सांगीतिक महोत्सव तथा रमाइलो मेला २०८१ बुधबारदेखि सञ्चालन भएको छ । काँकरभिट्टा भेट्रान्स फुटबल क्लबले आयोजना गरेको सांगीतिक महोत्सवमा दैनिक राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति रहनेछ । काँकरभिट्टा खेलमैदानमा आगामी असोज १५ गतेसम्म सञ्चालन हुने महोत्सवको दोस्रो दिन बिहीबार पछिल्लो समयकी चर्चित गायिका अस्मिता अधिकारीले आफ्नो सुपरहिट गीत गाउँदै दर्शकलाई Read More…
अब देशमा राजा चाहिन्छ: अध्यक्ष लिङ्गदेन
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले देशको अवस्था सुधार्न अहिलेको व्यवस्था परिवर्तन आवश्यक रहेको बताएका छन् । मंगलबार गृहजिल्ला झापामा राप्रपाद्वारा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व उपप्रधानमन्त्री समेत रहेका लिङ्गदेनले अहिलेको व्यवस्था देशले धान्न नसक्ने बताएका हुन् । अहिलेको व्यवस्थाले देशमा आर्थिक भार थप्दा युवा शक्ति सबै पलायन हुनु परिरहेको Read More…
एमाले मेचीनगर ११ वडाकमिटीको अध्यक्षमा रिजाल
मेचीनगर । नेकपा एमाले मेचीनगर–११ को वडा अधिवेशन सम्पन्न भएको छ । सोमवार मेचीनगर ११ धाइजन स्थित जलपा सामुदायिक भवनमा दोस्रो अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले राम कुमार रिजालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा यसोदा डाँगी सचिवमा श्याम शिवाकोटी सहसचिवमा सपनी थेवी, दिपेन्द्र बानिँया चयन भएका छन् । त्यसैगरी Read More…
तस्करको नयाँ शैली कारको ब्याक लाइटमा दुलो बनाई कपडा तस्करी
झापा । मेचीनगरको काँकरभिट्टा नाकाबाट भारतीय नम्बर प्लेट भएको कार प्रयोग गरी अवैध रुपमा भन्सार छलेर लत्ताकपडा भित्राउने गरेको घटना बाहिर आएको छ । कारको पछाडि भागको ब्याक लाइट हुने दुवै ठाउँ दुलो बनाई त्यसभित्र लत्ताकपडा हालेर सोजै भन्सार अगाडिबाटै सरसामान लैजाने तीन वटा भारतीय नम्बर प्लेट भएको कार नियन्त्रणमा लिएसँगै सो घटना बाहिर आएको Read More…










