मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले तरकारी खेती प्रवर्द्धनका लागि किसान लक्षित कार्यक्रम ल्याएको छ ।
तरकारी खेती प्रवर्द्धनका लागि नगरपालिकाले चालु आ.व. २०८१/८२ का लागि तरकारी पकेट विकास कार्यक्रम (कार्यविधि अनुसार कार्यान्वयन हुने गरि १२ लाख तथा आलु खेति प्रवर्द्धन कार्यक्रम (लागत सहभागिता २५ %) का लागि १५ लाख बजेट विनियोजन गरेको छ ।
मेचीनगरको चालु आ.व. २०८१/८२ को स्वीकृत वार्षिक नगर विकास योजना अन्तर्गत प्रदेश तथा संघीय सशर्त अनुदान तर्फको २७ लाख बजेटबाट किसान तथा कृषि फर्महरूलाई आलु तथा तरकारी खेती तर्फ व्यवसायीकता गर्न कार्यक्रम अगाडि सारिएको मेचीनगर प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारीले जानकारी दिए ।
उनका अनुसार आलु खेति प्रवर्द्धन कार्यक्रम मेचीनगर ७, १२,१४ र १५ नम्बर वडामा सञ्चालन गरिनेछ । यसमा कार्यक्रममा सहभागी हुन कम्तिमा ५ हेक्टरको क्लस्टर र क्लस्टरमा प्रति किसान कम्तिमा ५ कट्ठा आनु लगाउनु पर्ने छ । त्यस्तै तरकारी पकेट विकास कार्यक्रमका लागि सबै वडाका कृषक, कृषक समूह, कृषि फर्म/कम्पनि तथा कृषि सहकारी संस्थाले सहभागीता जनाउन पाउने छन् । यश कार्यक्रमका लागि क्लस्टरमा कम्तिमा २० हेक्टर तरकारी बाली लगाईएको हुन पर्ने उनको भनाइ छ ।
यस्तो छ नगरपालिकाद्वारा जारी गरिएको सार्वजनिक सूचना !


