झापा । पुर्वको पर्यटकीय गन्तव्यका रुपमा रहेको चेप्टी फनपार्क बन्द भएको छ । इलाम जिल्लाको माई नगरपालिका वार्ड नं. २ मा सरकारी र सामुुदायिक वनको जग्गा अतिक्रमण गरी व्यक्तिले निर्माण गरेको ह्याप्पी ड्रिम्स चेप्टी फनपार्क बन्द भएको हो ।
चेप्टी फनपार्कले नियम बिपरित कार्य अगाडि बढाएको बिषयमा पत्रकार पुजन घिमिरेलगायले समाचार लेख्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।
वन डिभिजन कार्यालय इलामले सो फनपार्क अदातलको आदेशपछि निर्माणकर्ता आफैंले बन्द गरेको कागज बुुझाएको बताएको छ । कार्यालयले बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा फनपार्क निर्माणकर्ता दिनेश शिवाकोटीले फनपार्क बन्द गरिएको हस्ताक्षरसहितको पत्र वन कार्यालयलाई बुुझाएको कार्यालय प्रमुख दानबहादुर श्रेष्ठले बताउनुभयो ।
माइखोलाको जनिएको एकसय ३२ रोपनी तथा ४५ रोपनी सरस्वती सामुदायिक वनको जग्गा अतिक्रमण गरी कूूल दुुईसय १८ रोपनी जग्गामा हेप्पी ड्रिम्प्स चेप्टी प्रालिले करोडौं रुपियाँको लगानीमा फनपार्क निर्माण भएको थियो । फनपार्कका नाममा भने ४१ रोपनी जग्गा दर्ता थियो ।
गतवर्ष सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण ठहर भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा खाली गराउन जिल्लाका निकायलाई पत्राचार गरेको छ । अख्तियारको पत्राचार पछि वन डिभिजन कार्यालयले सो क्षेत्रको अतिक्रमित जग्गा र पार्कको नामको ४१ रोपनी जग्गा छुट्याएको थियो ।
जग्गा छुट्याएपछि फनपार्क निर्माणकर्ता दिनेश शिवाकोटीले हालेको रिटलाई उच्च अदालत विराटनगर, इलाम इजलासले २०८१ असार २२ गते खारेज हुने फैंसला गरेको र फैंसलाको पूर्ण पाठ भने आइनसकेको वन डिभिजन कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिनुुभयो । ‘अहिले फनपार्कबाट रेखाकंन गरी छुट्याइएको सरकारी तथा सामुुदायिक वनको जग्गाको रेखदेख र हेरविचारको खाँचो छ’ कार्यालय प्रमुख श्रेष्ठले भन्नुुभयो ।

