झापा । झापाको गौरादहमा जारी प्रथम लोकतान्त्रिक कप २०८१ को उपाधी दमकले जितेको छ । लोकतान्त्रिक कपको फाइनलमा आयोजक गौरादह सग आमनेसामने भएको दमकले सुन्यका विरुद्ध एक (०-१) गोल गर्दै उपाधी हातपारेको हो ।
कमल गाउँपालिका लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको दमकले फाइनल खेलको उपाधीको दाबेदार गौरादहसग उत्कृष्ट प्रदर्शन गरेतापनी खेलको पहिलो हाफमा गोलगर्ने अबसर बाट चुकेको थियो ।
दमकका खेलाडिहरुले गरेको प्रहारलाई गौरादहका गोल रक्षकको उत्कृष्ट बचाउका कारण खेलको पहिलो हाफ गोलरहित बराबरिमा टुंगिएको थियो ।
दोस्रो हाफको सुरुवाती चरण देखि उत्कृष्ट खेल प्रदर्शन गरेको उपाधीको दाबेदार गौरादहले गोलगर्न नसकेको अवस्थामा दमकका खेलाडिले पाएको कर्नर किकलाई गोलमा परिणत गर्दा दमकले बनाएको सुन्यका विरुद्ध एक ( ०-१ ) गोलको अग्रतानै अन्ततः खेल अबधिको निर्णायक गोल बन्यो ।
खेलको बिजेता बनेको दमकले ट्रफीका साथमा नगद रु १ लाख ११ हजार १ सय ११ हातपार्न सफल भयो । खेलको उपबिजेता बनेको गौरादहले ट्रफिका साथमा नगद रु. ५५ हजार ५ सय ५५ मा चित्ता बुझाउनु पर्यो ।
मोफसलमा आयोजित प्रथम लोकतान्त्रिक फुटबल कप २०८१ ले उक्त छेत्रमा खेलप्रेमी तथा दर्शकहरुमाझ खेलप्रतिको उत्साह बढाएको आयोजक समितीका अध्यक्ष ताराकुमार श्रेष्ठले बाताए ।
त्यसैगरी फाइनलखेलमा खेलाडी हरुको हौसला बढाउन मैदान पुगेकि प्रमुख अतिथी नेपाली काङ्ग्रेसकि केन्द्रिय सदस्य एबम पुर्ब सांसद महिन्द्रा कुमारी सुब्बाले खेलाडीहरु र खेलप्रेमीहरुलाइ कार्यक्रमलाई सम्बोधनका क्रममा हौसला दिएकी थिइन ।

