मेचीनगर । मोफसलको लोकप्रिय गोल्डकपको पहिचान बनाएको मेचीनगर गोल्डकप पाँचौं संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता फागुन २४ गतेदेखि सञ्चालन हुने भएको छ । यसअघि फागुन २१ गतेदेखि २८ गतेसम्म सञ्चालन मिति तय गरिएको थियो ।
पूर्वमा अत्यधिक गोल्डकप प्रतियोगिता सञ्चालन भइरहेको कारण चलेका प्रायः ए डिभिजनका सबै टिमहरू व्यस्त रहेका छन् । त्यहीँ व्यस्तता कारण मेचीनगर गोल्डकपमा राम्रो टिम ल्याउन फागुन २१ गतेका लागि तय गरिएको प्रतियोगिता तीन दिन पर सारेर फागुन २४ गतेदेखि चैत २ गतेसम्म सञ्चालन गर्ने निर्णय गरिएको गोल्डकप मुल आयोजक समितिका संयोजक श्रीप्रसाद मैनालीले जानकारी दिए । गोल्डकप सफल पार्न सबैको सकरात्मक साथ र हौसला प्राप्त भइरहेको उनले बताए ।
गोल्डकप मुल आयोजक समितिका सहसंयोजक तथा आर्थिक समिति संयोजक विमल आचार्यले मेचीनगर गोल्डकपलाई समग्र मेचीनगरको सानको रुपमा बिकसित गर्न आयोजक लागि परिरहेको बताए । उनले अहिले सबै क्षेत्रले साथ दिइरहेको उनले बताए ।
पाँच बर्ष अघि चौथो संस्करण सम्पन्न गरेको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले त्यस यता कोरोना भाइरसलगायत विविध कारणले प्रतियोगितालाई निरन्तरता दिन सकेको थिएन । जसको कारण मेचीनगरमा राष्ट्रिय स्तरको ए डिभिजनका टिम सम्मेलित फुटबल प्रतियोगिता हुन नसकिरहेको अवस्था थियो । तर, आयोजकले मेचीनगरको सानको रुपमा मेचीनगर गोल्डकप पाँचौं संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी थालेसंगै पुनः फुटबल चलायमान हुने भएको छ । खेल क्षेत्रमा लागेका र खेलप्रेमी मेचीनगरबासीमा थप उत्साह पैदा भएको छ ।
फुटबल खेलको हवको रूपमा स्थापित हुँदै गरेको मेचीनगर क्षेत्रमा गोल्डकपले निरन्तरता नपाउँदा फुटबल खेलप्रति रूचि राख्ने, फुटबलमा नै आफ्नो भविष्य खोज्ने खेलाडी तथा शुभचिन्तकहरू निराश झै थिए । त्यसलाई चिर्दै खेलकुदमा थप उर्जा पैदा गर्नका लागि यो गोल्डकपले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गोल्डकप मुल आयोजक समितिका सचिव राजु कार्की बताउँछन् ।
काँकरभिट्टा खेलमैदानमा सञ्चालन हुने उक्त प्रतियोगिता सम्पन्न गर्नका लागि ७८ लाख ५८ हजार १०० रुपैयाँ लाग्ने अनुमान आयोजकले गरेको छ। ए डिभिजन क्लबका ४ टिम, आयोजकसहित २ वटा मोफसलका रहेका छन् भने २ वटा टिम भारत गरि ८ वटा क्लबको सहभागिता रहने काँकरभिट्टा फुटबल ट्रेडिङ सेन्टरका अध्यक्ष नवराज ओलीको जानकारी दिए ।
प्रतियोगिताको बिजेता टिमले नगद रु १० लाख सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद रु ५ लाख प्राप्त गर्नेछ । त्यस्तै विविध विधाका उत्कृष्ट पुरस्कारहरु समेत प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको संरक्षकको रूपमा मेचीनगर नगरपालिका रहेको छ ।

मेचीनगर गोल्डकप आयोजक समितिद्वारा नवनिर्वाचित प्रेस क्लब मेचीनगरको कार्यसमितिलाई बधाई :
मेचीनगर गोल्डकप पाँचौं संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता मुल आयोजक समितिद्वारा भर्खरै निर्वाचित प्रेस क्लब मेचीनगरको कार्यसमितिलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आज मेचीनगर गोल्डकपको सचिवालय काँकरभिट्टामा प्रेस क्लब मेचीनगरको नयाँ कार्यसमितिलाई बधाई तथा सम्मान गरिएको हो ।
प्रेस क्लब मेचीनगरको १० औँ साधारणसभा तथा छैटौं अधिवेशनले प्रकाश पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको थियो । समितिको उपाध्यक्षमा खगेन्द्र घिमिरे, महिला उपाध्यक्षमा मनिषा गौतम, सचिवमा प्रविण अधिकारी, सहसचिवमा नवराज सुवेदी र कोषाध्यक्षमा दिलीप थापा तथा सदस्यहरुमा पुष्कर गुरागाईं, सुजन प्रधान, भोला तिम्सिना र सेवन्ता घिमिरे सर्वसम्मत चयन भएका थिए ।
आज उनीहरुलाई गोल्डकप मुल आयोजक समितिका संयोजक पुर्व कोशी प्रदेश सांसद समेत रहेका श्रीप्रसाद मैनाली, सहसंयोजक मेचीनगरका पुर्व मेयर विमल आचार्य, सचिव एमाले मेचीनगर अध्यक्ष समेत रहेका राजु कार्की, सामाजिक अगुवा गंगालाल गुरुङ्ग, झापा जिल्ला फुटबल संघका महासचिव सुन्दर बस्नेत, काँकरभिट्टा फुटबल ट्रेडिङ सेन्टरका अध्यक्ष नवराज ओलीलगायतले बधाई दिएका थिए ।

