मेचीनगर, भदौ १७ । मेची नगर क्षेत्रका नदीमा भदौ १५ गते सोमबार आएको अविरल बर्षाका कारण बाढी आँउदा विभिन्न क्षेत्रमा क्षति पुर्याएको छ ।

बिशेष गरेर मेचीनगर वडा नम्बर ३ स्थित निन्दा खोला, सुके निन्दा खोला, धरधरे खोलालगायतले विभिन्न भागमा ठुलो क्षेती पुर्याएको छ । उक्त क्षेती पुर्याएको क्षेत्रको बुधबार बिहान प्रदेश सभा सांसद श्रीप्रसाद मैनालीले निरिक्षण तथा अवलोकन गरेका छन् ।

प्रदेश सभा सांसद मैनालीसंगै नेकपा जिल्ला कमिटि सदस्य डिल्लिराम घिमिरे, नेकपा मेचीनगर इन्चार्ज देवकुमार राई, नेकपा मेचीनगर अध्यक्ष माधव अर्याल, नेकपा मेचीनगर सचिव राजु पोख्रेल, पत्रकारहरुलगायतले बाढीले पुर्याएको क्षति ग्रस्त क्षेत्रको निरिक्षण गरेका थिए ।

अनुगमनका क्रममा सांसद मैनालीले स्थानियले भोग्नु परेको समस्याको हल यथाशिघ्र खोजिने बताए । साथै उनले मेचीनगर–३ का जनप्रतिनिधिहरुलाई चाडो क्षति भएको क्षेत्रको यथार्य विवरण पेश गर्न अह्राए ।







