बाहुण्डाँगी, माघ ७ । पोखरा जेसीजकोे सहकार्यमा बगर नेवा मीशा पुचका पदाधिकारी एवं सदस्यहरुलाई प्रभावकारी भाषणकला सम्बन्धि प्रशिक्षण दिईएको छ । पोखराको भीमसेनटोलको नेवाछे सभाको हलमा आयोजित प्रशिक्षणमा २० भन्दा बढी महिलाहरु सहभागी थिए ।
औपचारिक कार्यक्रमका साथ प्रशिक्षक र सहभागीहरूको परिचयको साथ शुरू भएको प्रशिक्षणमा २ प्रमुख सत्रहरूमा तालिका बनाइ संचालन गरिएको थियो । जसमा शीर्षकहरू नेतृत्व र प्रभावकारी सार्वजनिक भाषणकला रहेको थिए । नेतृत्व सत्रमा जेसीआई पोखरा २०२१ का अध्यक्ष जेसी ई. किरण के.सीले प्रशिक्षण दिनुभयो भने प्रभावकारी सार्वजनिक भाषणकलामा जेसीआई पोखरा २०२१ का तालिम विकाश आयुक्त जेसी गणेश गिरीलेले प्रशिक्षण दिनुभएको थियो ।

जेसीआई पोखरा एंव पोखरा उधोग वाणिज्य संधका पुर्व अध्यक्ष वसन्त उदास र जेसीआई पोखराका तालिम आयुक्त अन्नत प्रधानाङ्ग उक्त कार्यक्रममा उपस्थित हुनहुन्थ्यो । सहभागीहरुले प्रशिक्षण वाट आत्मविश्वास बडी उत्साहित भएको भनाई राखेका थिए ।
जेसीआई पोखराले आफ्ना सदस्यहरुलाई सशक्त बनाउनुका साथै समुदाय गतिविधिहरुमा सधैं सक्रिय रहेको छ । जेसीआई पोखराका वर्ष २०२१ का अध्यक्षको अभियान “हाम्रो समाज हाम्रो अभिभारा“ मार्फत सामाजिक सेवाको रूपमा योगदान पु¥याउन र समुदायलाई सशक्तिकरण गर्नका लागि तालिम र अन्य कार्य बर्षभरी सम्पन्न गरिने रहेको छ ।
स्मरण रहोस पोखरा जेसीजले २०२१ को राष्टिय महाधिवेशनको आयोजना गर्दैछ ।




