काठमाडौं, माघ ८ । भारतको उत्तर प्रदेशमा एक दर्दनाक घटना भएको छ । त्यहाँको एक महिलाले छोरी मारेको रिसमा श्रीमानको हत्या गरेकी छन् ।
उनले रक्सी खाएर मातेका श्रीमानलाई शिरमा हतौडाले हानेर मारेकी हुन् । पुलिसले अहिले महिलालाई गिरफ्तार गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
श्रीमानको हत्या गरेर उनले शवलाईघरमा २४ घण्टासम्म लुकाएर राखेकी थिइन् । करिव दुई महिना पहिले १६वर्षकी छोरीलाई पिटेर श्रीमानले मारेको रिसमा महिलाले श्रीमानकै हत्या गरेकी हुन् ।

