मेचीनगर, माघ ८ । नेपाली काँग्रेसले मेचीनगरले १५ वटै वडामा विरोध प्रदर्शन बृहत रुपमा सम्पन्न भएको छ । पार्टीको केन्द्रिय निर्देशनअनुसार माघ ८ गते देशभरका स्थानीय निकायका वडामा विरोधका कार्यक्रम गर्ने तय गरे अनुसार मेचीनगर पार्टीका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् ।

काँग्रेसका जिल्ला तथा स्थानीय नेता कार्यकर्ताले वडाका विभिन्न स्थानमा भेला भइ नाराजुलुस सहित कोणसभामाको आयोजना गरेका थिए ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विगठन गरेको असैवाधिनक कदमको विरोध स्वरुप जिल्ला, क्षेत्र, नगर हुँदै वडामा विरोधका कार्यक्रमहरु गरेको हो । यसै निर्देशन अनुसार नगरले मेचीनगरका १५ वटै वडामा नारा जुलुससहित विरोध सभा सम्पन्न गरेको हो । विरोधसभालाई विभिन्न नेताहरुले सम्बोधन गरेका थिए ।

जसमा वडा नम्बर १ मा जिल्ला सदस्य निरज घिमिरे, वडा नम्बर २ क्षेत्र नम्बर १ का प्रदेश क का उपसभापति हिम्मत क्षेत्री, वडा नम्बर ३ जिल्ला कोषाध्यक्ष केशवरराज पाण्डे, वडा नम्बर ४ मा जिल्ला उपसभापति राम कट्टेल, नगर सहसभापति नविन बराल, वडा नम्बर ५ मा क्षेत्र नम्बर १ का सचिव हरि बुढाथोकी, ६ नम्बरमा सविधानसभा सदस्य उषा गुरुङ, वडा नम्बर ७ मा नगरसभापति इन्द्र बुढाथोकी, वडा नम्बर ८ मा जिल्ला सदस्य पुष्पराज पौडेल, वडा नम्बर ९ मा क्षेत्रीय सभापति मणिकुमार उप्रेतीले सम्बोधन गरेका थिए ।

यसैगरी, वडा नम्बर १० मा नगर महाधिवेशन प्रतिनिधि भरत सुुब्बा, जिल्ला उपसभापति राम कट्टेल, तरुण दलका नगर सचिव मनोज घिमिरे र जनप्रतिनिधि धिरावती लिम्बू, वडा नम्बर १ मा नगर सभापति इन्द्रब्हादुर बुढाथोकी, नगर सहसभापति लक्ष्मी प्रसाई, वडा नम्बर १२ मा महासमिति सदस्य तिलक गिरी, प्रदेश ख सचिव विष्णु रिमाल, वडा नम्बर १३ मा पूर्व महाधिवेशन प्रतिनिधि शरद सिवाकोटी, नगर सहसभापति पुष्प कार्की, वडा नम्बर १४ मा जिल्लाका पाटी प्रवक्ता लोकराज ढकाल, वडा नम्बर १५ मा जिल्ला सचिव ताराविर कटुवाल, सहसभापति गुणराज भट्टराईले सम्बोधन गरेका मेचीनगर नगरसभापति इन्द्र बुढाथोकीले बताए ।

विरोधसभामा बोल्दै उनीहरुले वर्तमान सरकारले सविधानको अवहेलना गरेको र आम जनतालाई दुःख दिने काम गरेको बताएका थिए । कांग्रेस नेताले प्रधानमन्त्री ओलीलाई तुरुन्त सच्चिन र संसद विगठन नगर्न आग्रह समेत गरेका थिए । विकासको वाधक कांग्रेस कहिलै बन्न नसक्ने बताउँदै कोणसभामा बोल्ने नेताहरुले सरकारले दुइतिहाइको दम्भ देखाएर विकास भन्दा पनि भष्टचारमा लिप्त भएको आरोप लगाएका थिए ।

साथै वडा नम्बर ७ का कांग्रेस कार्यकर्ताले वर्तमान सरकारले जनतालाई झुक्याएको जनाउँदै विरोध स्वरुप टुकटुके रेल र उखानको पुस्तक नगर सभापति इन्द्र बुढाथोकीलाई बुझाएका थिए ।

विरोधसभाको नेतृत्व वडा सभापतिहरुले गरेका थिए । जसमा वडा नम्बर १ मा हेमलाल गुरगाई, वडा नम्बर २ मा कृष्ण रिजाल, वडा नम्बर ३ मा धनबहादुर अधिकारी, वडा नम्बर ४ मा अर्जुन कोइराला, वडा नम्बर ५ मा योगेन थापा मगर, वडा नम्बर ६ मा धनप्रसाद केरुङ, वडा नम्बर ७ मा कञ्चन बराल, वडा नम्बर ८ मा गिरीराज धमला, वडा नम्बर ९ मा मुकेश लिम्बू, वडा नम्बर १० मा कृष्णप्रसाद खतिवडा, वडा नम्बर ११ मा कुशुम मेचे, वडा नम्बर १२ मा कालु मेचे, वडा नम्बर १३ मा यामकान्त पौडेल, वडा नम्बर १४ मा प्रेम न्यौपाने र वडा नम्बर १५ मा गोविन्द घिमिरेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
विभिन्न वडाहरुमा अन्य पाटी परित्याग गरि दर्जनौ व्यक्त् िकांग्रेसमा प्रवेश समेत गरेका वडा नम्बर ४ का वडा सचिव सागर कार्कीले बताए ।

