खेलकुद

विराट कोहली भए ट्रोलको शिकार

एजेन्सी, चैत २१ । भारतीय क्रिकेटर विराट कोहली अहिले ट्रोलको शिकार भइरहेका छन् । भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान समेत रहेका विराट कोहलीको टोली रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग ९आईपीएल० मा लगातार हार व्याहोरेपछि सामाजिक संजालमा आलोचित बनेको बुझिएको छ ।

भारतीय समर्थकहरु टोलीको जितमा खेलाडीहरुलाई भगवानको रुपमा चित्रित गर्ने तथा हारमा भिलेन बनाउने गरेको इतिहास रहेको बताइन्छ ।

विश्वकपको अगाडी विराट यसरी कप्तानको रुपमा असफल भएको आक्रोश नै ट्रोलको रुपमा व्यक्त भएको भारतीय मिडियाहरु दाबी गरिरहेका छन् ।

ट्रोलमा कतिपयले अंक तालिकालाई उल्टो पार्दै विराटको टोली पहिलो स्थानमा रहेको भन्दै खिस्साएका छन् । आईपीएलको उपाधी अहिलेसम्म जित्न नसकेको बैंगलोरलाई कतिपयले विश्व कप जित्न नसकेको दक्षिण अफ्रिका पनि भनेका छन् ।

सधैं महँगा तथा स्टार खेलाडी भएर पनि आईपीएलमा फितलो हुने गरेको बैंगलोर र विराटलाई धेरैले उल्टो दिशामा हिंडेको ट्रोलहरु सार्वजनिक गरेका छन् । त्यस्तै कतिपयले अन्य कलाकारहरुको फोटो राख्दै पिडा भएको देखाएका छन् ।

Leave a Reply

Your email address will not be published.