बाहुण्डाँगी, माघ ११ । रामेछाप जेसीजले बृहत रक्तदान गरेको छ ।
शनिबार नेपाल रेड्क्रस सोशाइटी रामेछापमा जेसिजले जिल्लामा विभिन्न अस्पताहरुमा रगतको अभाव भएको अवस्थालाई ध्यानमा राख्दै बृहत रक्दान कार्यक्रम गरेको हो ।
सो क्रममा ज्ल्लिाका ब्यापारी, पत्रकार, बुद्धजीवि, समाजसेवी, जेसिजका पदादिकारी, युवा नेता कार्याकर्ताहरु ३१ जनाले रक्तदान गरेको जेसिजले जनाएको छ ।
रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्थली नगरपालिकाका नगरप्रमुख रमेशकुमार बस्नेतले रक्तदान कार्यक्रम गरेर जेसिजले प्रशंसनिय काम गरेको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरदिन आग्रह गरे । उनले जिल्लाका अस्पतालहरुमा रगतको अभाव भएको खबर आइरहेको भन्दै यस्ता सामाजिक, मानवीय कार्याले ती मागहरुलाई पूरा गर्न सहयोग गर्ने बताए । साथै प्रमुख बस्नेतले आगामी दिनमा जेसिजले रगतको समूह पनि छुट्याउने कार्यक्रम गरि नागरिकहरुलाई कोसंग कुन गुरुप ९समूह० को रगत छ, भन्ने अभिलेख राखि आवश्यक परेको बेलामा ती मानिसहरुलाई तत्काल बोलाउन सक्ने वातावरण तय गर्न पनि आग्रह गरे । उनले नेपाल रेड्क्रस सोशाइटी र जेसिजलाई धन्वाद् दिए ।
त्यस्तै जेसिजका जिल्ला अध्यक्ष जीवन कार्कीले रक्तदान कार्यक्रम जेसिजको नियमित कार्यक्रम अन्तर्गतको कार्यक्रम भएको बताए ।
रक्तदान गर्ने दाताहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

