बाहुण्डाँगी माघ १६ । पोखरा लेडी जेसीजले शुक्रवार मानब सेवा आश्रम माआश्रित मानसिक असन्तुलन भएका सडकका नागरिकहरुलाई उद्धार गरदै आएको सस्था मानब सेवा आश्रममा आश्रित व्यक्तिहरुलाई न्यानो कपडा अत्यावश्यक सामग्री, दैनिक उपभोग्य सामान वितरण कार्य सम्पन्न भएको छ । शाखाकी कमला शर्मा कँडेल (बिनिता को सभापतित्वमा सम्पन्न कार्यक्रममा अतिथि मानब सेवा आश्रम का अविभावक संघ संयोजक सुष्मा पौडेल, पोखरा शाखा संयोजक राजन सापकोटा , आश्रम व्यवस्थापक समिति संयोजक उषा गोशली, पोखरा लेडी जेसीजको पूर्व अध्यक्ष तथा वर्ष२०२१ की कानुनी सलाहकार सपना गिरी लेडी जेसीज का सदस्य हरु को उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन दीप प्रज्वलन बाट भएको थियो । कार्यक्रम सामूहिक अस्था पाठ गरिएको थियो । कार्यक्रमको संयोजक शुभद्रा बरालले स्वागत गरेको कार्यक्रममा मानब सेवा आश्रम का अविभावक संघ संयोजक सुस्मा पौडेल, पुर्व अध्यक्ष सपना गिरिले राख्नु भएको थियो । अतिथि सुष्मा पौडेल ले ठुलो मन लिएर आश्रम मा सहयोग गर्ने यस्तो उत्कृष्ट मानबताको सेवा मा सहयोग गर्ने पोखरा लेडी जेसीजलाई धन्यबाद दिनुु भएको थियो । उक्त आश्रम मा करिब ९० जना नागरिक आश्रित रहनू भएको थियो । कार्यक्रम को संचालन पोखरा लेडी जेसीज का सचिव सुमित्रा कोइरालाले गर्नु भएको थियो । सोही दिन साँझ सहीद दिवस को अवसर पारेर सहीद पार्क मा संपूर्ण सहीद हरुको स्मरण गर्दै दीप प्रजज्वलन कार्यकम पनि सपन्न भएको थियो ।

