
काठमाण्डौं, चैत २२ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को अध्यक्षमा दुर्गानाथ सुवेदी (देवेन्द्र) निर्वाचित भएका छन् ।
काठमाडौंमा शुक्रबार भएको साधारण सभाबाट नेपाल टेलिभिजनका सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन् । उनले अध्यक्षको प्रत्यासी हाम्रो खेलकुद डटकमका सम्पादक प्रकास तिमल्सिनालाई १४ मत अन्तरले पराजित गरेका हुन । कुल ९८ सदस्य रहेको मञ्चको निर्वाचनमा सुवेदीले ५५ मत प्राप्त गर्दा तिमल्सिनाले ४१ मत पाएका थिएका थिए ।
यस्तै महासचिवमा काठमाडौँ पोस्टका प्रज्वल ओली निर्वाचित हुँदा सचिबमा अन्नपुर्णका गोबिन्द रेग्मी निर्वाचित भए । उपाध्यक्षमा कान्तिपुर दैनिकका ध्रुब तुलाधर र इमेज च्यानलका निराजन अधिकारी निर्वाचित भए । प्रथम उपाध्यक्षमा सन्जिब शिल्पकार निर्विरोध हुँदा कोषाध्यक्षमा राइजिङ नेपालका अन्जन खड्का निर्विरोध चुनिए ।
यस्तै सदस्यमा खेलपाटी डटकमका सम्पादक हिम विक्रम केसी, राजधानी दैनिकका दिल तामाङ र नागरिक दैनिकका अनिल मल्ल निर्वाचित भए । महिला सदस्यमा राष्ट्रियसमाचार समितिकी मुना कार्की निर्विरोध चुनिइन् ।

