संघ \संस्था

धनकुटा लेडी जेसीजद्धारा बृक्षारोपण सम्पन्न

बाहुण्डाँगी, माघ २१ । धनकुटा लेडी जेसीजद्धारा बृक्षारोपण सम्पन्न भएको छ । शाखाकी धनकुटा लेडी जेसीजको अध्यक्ष बिसिका श्रेष्ठको अध्यक्षता तथा धनकुटा वडा नं ६ का अध्यक्ष नरेश श्रेष्ठको प्रमुख अतिथिमा भएको धनकुटा लेडी जेसीज कि संस्थापक अध्यक्ष प्रमिसा श्रेष्ठ, ठाकुर प्रसाद बराल , बरख गणबाट पाल्नु भएका गणेश कुवर ज्यु, छिन्ताङ गुल्म, धनकुटाका गुल्मपति राम चन्द श्रेष्ठ पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर श्रेष्ठ, समाजसेवी मनोज नारायण श्रेष्ठलगायतको सहभागितामा उक्त वृक्षारोपण गरिएको हो ।


वृक्षको महत्व मानव जीवनका लागि अपरम्पार छ । वृक्षारोपणले कृषककोे आवश्यकता पूर्तिसँगै वातावरण सन्तुलन कायम गर्दछ । हजारौँ वर्षदेखि वृक्षारोपण कार्यले वातावरण सन्तुलन, खाद्यान्न आपूर्ति, दैनिक जीविकोपार्जन लगायतका आवश्यकता पुरा गर्दै आएको हो । अझ धार्मिक महत्वका लागि वृक्षारोपण गरिदै आएको पनि पाइन्छ । हिन्दू धर्म अनुसार वर पिपल स्वामी लगायतका वृक्षलाई ईश्वरीय अंश नै मानिन्छ ।

अहिलेको बदलिंदो परिवेशमा वृक्षारोपण प्राकृतिक सौन्दर्यका लागि समेत गरिन्छ। ग्रामीण जीविकोपार्जन सुधारका लागि वृक्षारोपण महत्वपूर्ण भएकोले साथै वृक्षारोपणले सामाजिक,आर्थिक र वातावरणीय फाइदाहरु पुर्याइरहेकोले शाखाले यो अभियानलाई निरन्तरता दिएको हो ।