समाचार

विध्वंश मचाएको ‘टोर्नाडो’ आगोको ज्वालासहित आएको पुष्टि

काठमाण्डौं, चैत्र ३० । नेपालको इतिहासमै पहिलो पटक बारा र पर्सा जिल्लामा आएको ‘टोर्नाडो’ आगोको ज्वालासहित आएको पुष्टि विज्ञहरूले गरेका छन् । तराईको बारा, पर्सा क्षेत्रमा चैत १७ गते आएको टोर्नाडोको अध्ययन गर्न पुगेको टोलीमा सहभागी विज्ञहरूले यस्तो पुष्टि गरेका हुन् । टोर्नाडो पत्ता लगाउन मुख्य भूमिका खेल्नुभएका विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठले नेपालको टोर्नाडोले विश्वकै ध्यान खिँचेको जानकारी दिनुभयो ।चट्याङसहितको बादलले पारेको असिनाले पनि टोर्नाडोको विकराल रूप देखाएको उहाँले बताउनुभयो । उहाँका अनुसार एउटा घरको भार १५ पाउण्ड रहँदा टोर्नाडोको क्षमता १३।८ पाउण्डको रहेको थियो । करिब दुई सय किलोमिटर प्रतिघण्टाको हावाको वेगभित्र ३० किलोमिटर प्रतिघण्टा टोर्नाडोको तीव्र वेग थियो ।

आगोको लप्कासहितको चट्याङ त्यस क्षेत्रमा परेको टोलीका संयोजक वरिष्ठ मौसमविद् डा।अर्चना श्रेष्ठले प्रष्ट्याउनुभयो । “डढेका रुख र प्रत्यक्षदर्शीले आधाघण्टा वरपर घुँ घुँ गर्दै घुम्दा आगो देखेको प्रमाण दिएका छन्,” उहाँले भन्नुभयो, “त्यो रात आकाशको रङ समेत रातो देखिएको पाइएको छ ।” स्थलगत क्षति तथा प्रत्यक्षदर्शीको भिडियो उहाँले देखाउनुभयोे । उहाँले भनेझैं पश्चिमी वायु पोखरा, चितवनहुँदै बारा,पर्सामा पुग्दा उग्र टोर्नाडोको रूप लिएको थियो । आकाशको चिसो र स्थानीय तातो वायुका उग्रतासँगै सोली आकारको टोर्नाडो धर्ती छुँदै आकाशिएको थियो ।

“नेपालमा पहिलो पटक देखिएको टोर्नाडोको प्रमाण सङ्कलन गर्न जरुरी थियो ,” श्रेष्ठले थप्नुभयो, “चितवन निकुञ्जबाट बाटो बनाउन खोजेको आधार भेटिएको छ, त्यहाँबाट बैरिया पुगेको भेटियो ।” चितवनमै पनि आकाश रातो हुने गरी चट्याङ परेको तस्बिर स्थानीयले खिचेर सामाजिक सञ्जालमा राखेका थिए ।घरी टेडोमेडो र घरी चक्रका रूपमा अघि बढेको टोर्नाडोको तुलनात्मक अध्ययन सुरु गरिएको जानकारी उहाँले दिनुभयो । फेटा गाउँपालिकामा ढलानको घर, पिलर नभएको गारोवाला घर र कच्ची घर एक ठाउँ मिसिएको थियो । टोर्नाडोले पक्की घरका भित्ता र छत समेत उडाएर मानिसलाई च्याप्दा धेरैको ज्यान गएको उहाँले बताउनुभयो । एकै घरका चारजनासहित फेटामा मात्र १८ जनाले ज्यान गुमाएका थिए । अन्यत्रसहित गरेर २९ जनाको ज्यान टोर्नाडोले लिएको थियो ।

स्मल अस नेपालका अध्ययन संयोजक पियुष दाहालले पनि आकाशबाट आगोसँगैको चट्याङ बस्तीमा परेको स्थानीयलाई उद्घृत गर्दै बताउनुभयो । उहाँले सामाजिक सञ्जाल, भू–उपग्रह सञ्चारको तुलनात्मक अध्ययनले समेत टोर्नाडोको बाटोहरू पहिल्याएको उल्लेख गर्नुभयो । “घटनाको भोलिपल्टैदेखि फेसबुक, ट्विटर र अखबारको सञ्चारको कडी जोड्न थालेपछि सामान्य हावाहुरी नभएको निक्र्योल गरेका थियौँ,” दाहालले थप्नुभयो, “भू–उपग्रहको तस्बिर तीन दिनपछिमात्र अपलोड भएको फेला पार्यौँ ।” जुन दिन घटना भएको थियो त्यसको चार दिनअघि सेन्टिनियल भू–उपग्रह बारा, पर्साको आकाशमा पुगेको थियो ।

Leave a Reply

Your email address will not be published.