झापा,बैशाख २२ । झापाको मेचीनगर नगरपालिका वडानम्बर ६ काँकरभिट्टास्थित कोरोना संक्रमित महिलाको बुधबार विहान होम आइसोलेसनमा निधन भएको छ ।
संक्रमित लामो समयदेखि पित्त थैलीको क्यान्सरबाट पीडित रहेको वडा नम्बर ६ का अध्यक्ष ललितबहादुर तामाङले जानकारी दिए ।
उनको उपचारको क्रममा बिएण्डसी अस्पतालमा एन्टिजिन पोजेटिभ देखिए पछि पिसीआर परीक्षणका लागि वैशाख १९ गते मेची अस्पतालमा स्वाब संक्रकल गरिएकोमा सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
घरमै आइसोलेनमा बसी रहेकी ५७ बर्षीय महिलाको बुधबार विहान ६ बजे निधन भएको र हाल नेपाली सेनाको टोलीले स्थानीय मेची नदीमा दाहसंस्कारको तयारी गरि रहेको वडा अध्यक्ष तामाङले बताए ।
उनका दुई छोरो र बुहारीहरु मध्ये एक छोरामासमेत कोरोेना संक्रमण पुष्टि भएको छ । उनीसमेत होम आइसोलेसनमै रहेको तामाङले बताए ।
मेचीनगरमा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ७० पुगेको छ । मंगलबार मात्र थप १७ जनामा कोरोना पुष्टि भएको थियो ।

