विविध

निरन्तर बर्षाका कारण जोखिम बढ्न सक्ने, सतर्कता अपनाउन जल तथा मौषम विभागको आवहान

झापा, असार १९ । निरन्तरको बर्षा पछि झापाका नदिहरुमा पानीको बहाब बढ्ने क्रम जारी छ ।

जिल्लामा रहेका कनकाई, मेची, बिरिङ, रतुवा, अन्धुवा, निन्दा, टिमाई खोला लगायतमा पानीको बहाब निरन्तर बढिरहेकाले जोखिम बढ्न सक्ने भन्दै सतर्कता अपनाउन जल तथा मौषम विभागले आवहान गरेको हो ।

झापासहित मोरङ, सुनसरी, इलाम लगायतका जिल्लामा अध्याधिक बर्षा भइरहेकाले ती जिल्लाका नदिहरुमा जुनसुकै बेला ठुलो बाढी आउन सक्ने भन्दै मौषम विभागले नदी आसपासका क्षेत्र तथा होचा स्थानहरुमा सतर्कता अपनाउन आग्रह गरेको छ ।